Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आम्दा अस्पतालको कोभिड केयर युनिटमा बुटवल उवासंघद्वारा आईसीयु उपकरण प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आम्दा अस्पतालको कोभिड केयर युनिटमा बुटवल उवासंघद्वारा आईसीयु उपकरण प्रदान

संसारपोस्ट संवाददाता · ४ जेष्ठ २०७८ · 0
आम्दा अस्पतालको कोभिड केयर युनिटमा बुटवल उवासंघद्वारा आईसीयु उपकरण प्रदान
100
SHARES
ShareTweet

बुटवल, ४ जेठ । बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा स्थापना गर्न लागिएको कोभिड केयर युनिट अन्तरगत आईसीयु वार्ड स्थापना तथा सञ्चालनको लागि बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले आवश्यक मेडिकल उपकरण हस्तान्तरण गरेको छ ।
अस्पताल र संघ दुबै पक्षको सहमति अनुसार आज (मंगलबार) समझदारी पत्रमा हस्ताक्षर गरि समझदारी पत्र आदानप्रदान समेत गरिएको छ । उक्त समझदारी पत्रमा संघको तर्फबाट अध्यक्ष उज्ज्वलप्रसाद कसजु र साक्षिको रुपमा महासचिव बिमलराज भट्टराई तथा अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेण्ट डा. राजेन्द्रप्रसाद बस्याल र साक्षिको रुपमा प्रशासकीय प्रमुख ध्रुवप्रसाद श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
सोही अनुसार संघले मंगलबार नै ५ थान प्यासेन्ट मोनिटर र ५ थान आईसीयु बेड उपलब्ध गराईएको संघका अध्यक्ष कसजुले जानकारी गराउनु भयो । संघले करिव ४० लाख रुपैयाँ बराबरको सामान उपलब्ध गराउने जानकारी गराउँदै अध्यक्ष कसजुले बाँकी ५ थान प्यासेन्ट मोनिटर र ५ थान आईसीयु बेड तत्काल उपलब्ध गराइने बताउनु भयो । दुई संस्था बिचको सहमति अनुसार संघले १० थान प्यासेन्ट मोनिटर र १० थान आईसीयु बेड उपलब्ध गराउने छ ।

त्यस्तैगरी अस्पतालका मेडिकल सुरपरिटेन्डेण्ड डा. बस्यालले बुटवल उद्योग बाणिज्य संघ, बुटवल उपमहानगरपालिका र आम्दा नेपालको सहकार्यमा स्थापना गरिएको आम्दा अस्पतालमा विगतका दिनमा समेत संघले गरेको सहयोग उल्लेखनिय रहेको भन्दै आभार व्यक्त गर्नुभयो । उहाँले संघ, नगरपालिका, आम्दा नेपाल र प्रदेश सरकारको समेत सहयोगमा सय शैयाको कोभिड केयर युनिट स्थापना गर्न लागिएको बताउँदै जति चांडो सामानको व्यबस्थापन हुन्छ त्यति छिटो कोभिड केयर युनिट सञ्चालन हुने जानकारी गराउनु भयो । जसअनुसार २५ बेड आईसीयु, २५ बेड एचडीयु (डेडिकेटेड) र ५० बेड जनरल हुनेछन् ।
दुई संस्थाको समझदारी अनुसार अस्पतालमा सञ्चालन हुने कोभिड केयर युनिट अन्तरगत १० शैयाको आईसियु वार्ड सञ्चालनको लागि आवश्यक पर्ने आईसियु बेड र प्यासेन्ट मोनिटर संघले उपलब्ध गराउने तथा अस्पतालमा सञ्चालन हुने कोभिड केयर युनिट लगायत आईसियु वार्डको भौतिक संरचना, आवश्यक विजुली अक्सिजन आपूर्ति पाईप लगायतका संरचना तथा आवश्यक अन्य उपकरणको व्यबस्था मिलाउने काम अस्पतालले गर्नेछ ।
त्यस्तैगरी उक्त आईसियु वार्डलाई ‘बुटवल उद्योग बाणिज्य संघ आईसियु वार्ड’ नामाकरण गर्ने तथा त्यस अनुसारको विवरण लेख्ने राख्ने व्यबस्था अस्पतालले मिलाउने, आईसियु उपकरणहरुको मर्मत सम्भार, आवश्यक कर्मचारीको व्यबस्था तथा नियमित सञ्चालनको सुनिश्चितता गर्ने काम अस्पतालले गर्ने, कोभिड पश्चात पनि अन्य प्रकारका संक्रामक रोग तथा अन्य स्वास्थ्य उपचारको लागि उक्त सेवालाई निर्वाध रुपमा सञ्चालन गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
आम्दामा कोरानाको उपचार निःशुल्क
महिला तथा बालबालिकालाई उपचार सेवा दिँदै आएको बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)ले कोरोनाका बिरामीलाई समेत उपचार सेवा सुरु गरेको छ । गएको बैशाख ३० गतेबाट कोरोना संक्रमितको उपचार सेवा सुरु गरिएको र प्राथमिकताको आधारमा सुत्केरी महिला, अन्य महिला तथा बालवालिकालाई सेवा प्रदान गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद बस्यालले जानकारी गराउनु भयो ।
उहाँका अनुसार तत्काल १० बेडमा कोरोना उपचार सुरु गरिएको र कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क गरिएको छ । त्यस्तैगरी अस्तालले आज (मंगलबार)देखि पीसीआर परीक्षण सेवा समेत सुरु गरेको उहाँले जानकारी गराउनु भयो ।

≪ Previous Post

कावासोतीका दुई जना संक्रमितको निधन

Next Post ≫

सैनामैनामा कोरोना संक्रमित विरामी वोक्न आटोरिक्सा एम्वुलेन्स सञ्चालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क