Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कावासोतीका दुई जना संक्रमितको निधन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कावासोतीका दुई जना संक्रमितको निधन

संसारपोस्ट संवाददाता · ४ जेष्ठ २०७८ · 0
कावासोतीका दुई जना संक्रमितको निधन
50
SHARES
ShareTweet

कावासोती, ४ जेठ । पूर्वी नवलपरासीको कावासोतीका २ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार कावासोती १६ निवासी ८२ बर्षीया महिला र कावासोती २ निवासी ६८ बर्षीय पुरुषको गएराति संक्रमणबाट निधन भएको हो ।
कावासोती २ निवासी ६८ बर्षीय पुरुषको गएराति १२ बजे मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
जेठ २ गते स्वास फेर्न गाह्रो भई मध्यविन्दु जिल्ला अस्पताल ल्याईएका ति पुरुषको सोही दिन कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । त्यसैगरी कावासोती १६ निवासी ८२ बर्षीया महिलाको बैशाख २८ गते कोरोना पोजेटिभ देखिए पनि होम आइसोलेशनमै रहेका थिए । उनको स्वास्थ्यमा समस्या आए पछि उपचारका लागि जिल्ला अस्पताल ल्याइएकोमा मंगलबार विहान पौने ४ बजेतिर निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
दुवै जनाको शव व्यवस्थापनको तयारी भईरहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । सो सहित कोरोनाको दोस्रो लहर शुरु भएयता कावासोतीमा मात्रै १० जनाको निधन भएको छ भने नवलपुर जिल्लामा २५ जनाको निधन भएको छ ।
नवलपुरमा दोस्रो लहर शुरु भएयता कावासोतीमा मात्रै ४ सय ६१ जनामा कोरोना पोजेटिभ देखिएको छ भने अहिले कावासोतीमा २ सय ६५ जना संक्रमित रहेका छन् । त्यसैगरी जिल्लामा १७१२ जना संक्रमित देखिएका छन् भने जिल्लामा अहिले १ हजार ८९ जना सक्रिय संक्रमित रहेका छन् ।

≪ Previous Post

भीम अस्पताल भैरहवालाई रोहिणी गाउँपालिकाद्वारा ५ लाख सहयोग

Next Post ≫

आम्दा अस्पतालको कोभिड केयर युनिटमा बुटवल उवासंघद्वारा आईसीयु उपकरण प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क