Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ आज मदन–आश्रित स्मृति दिवस, २८ वर्षसम्म पनि वास्तविकता बाहिर आउन सकेन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज मदन–आश्रित स्मृति दिवस, २८ वर्षसम्म पनि वास्तविकता बाहिर आउन सकेन

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०७८ · 0
आज मदन–आश्रित स्मृति दिवस, २८ वर्षसम्म पनि वास्तविकता बाहिर आउन सकेन
110
SHARES
ShareTweet

बुटवल, ३ जेठ । आज मदन–आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइदै छ ।
वि.सं. २०५० साल जेठ ३ गते नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप चितवनको दासढुंगास्थित सडकबाट त्रिशुली नदीमा खस्यो । सोही घटनामा दुवै नेताको मृत्यु भयो ।
भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक मानिन्छ । लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनमा कटिवद्ध रहेका मानिने भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन गर्नुभएको थियो ।
छोटै समयमा सर्वाधिक लोकप्रिय बन्नुभएका भण्डारीको २०५० जेठ ३ गते (आजकै दिन ) चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो । आश्रितको मृत अवस्थामै गाडीमा शव भेटिएको थियो भने भण्डारीको शव घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तीन दिन पछि भेटिएको थियो ।
‘दासढुंगामा घटना’ घटेको २८ बर्ष वितेको छ । यो घटनाको छानबिन गर्न धेरै आयोग बने तर अहिलेसम्म वास्तविकता बाहिर आउन सकेको छैन । पटक पटक एमाले नेतृत्वको सरकार बने पनि एमालेले घटनाको छानविनमा खासै ध्यान दिएको छैन । घटना घटेको २८ वर्षसम्म पनि घटनाबारे यथार्थ बाहिर नल्याएको आरोप एमाले माथि लाग्ने गरेको छ । सो घटनालाई राजनीतिक दाउपेचका लागि मात्रै एमालेले प्रयोग गरिरहेको आरोप लागिरहँदा छानबिन आयोगका अध्यक्ष अर्थात केपी शर्मा ओली यतिखेर नेकपा (एमाले) का अध्यक्ष र देशका प्रधानमन्त्री हुनुहुन्छ ।
पार्टी सरकारमा भएका बेला तदारुकता देखाउने हो भने घटनाको सत्यतथ्य बाहिर ल्याउन सकिने एमाले कार्यकर्ताको विश्लेषण छ ।

≪ Previous Post

घरमा सिलिण्डर “होल्ड” गर्दा अस्पतालमा अभाव : स्वास्थ्य सचिव देवकोटा

Next Post ≫

भीम अस्पताल भैरहवालाई रोहिणी गाउँपालिकाद्वारा ५ लाख सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क