Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ घरमा सिलिण्डर “होल्ड” गर्दा अस्पतालमा अभाव : स्वास्थ्य सचिव देवकोटा
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

घरमा सिलिण्डर “होल्ड” गर्दा अस्पतालमा अभाव : स्वास्थ्य सचिव देवकोटा

संसारपोस्ट संवाददाता · १ जेष्ठ २०७८ · 0
घरमा सिलिण्डर “होल्ड” गर्दा अस्पतालमा अभाव : स्वास्थ्य सचिव देवकोटा
100
SHARES
ShareTweet

बुटवल, १ जेठ । लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले ठूला सिलिण्डर घरमा नराख्ने हो भने अक्सिजनको अभाव पुर्ति गर्न सकिने बताउनु भएको छ ।
रोटरी क्लव अफ बुटवलको १३६४ औं नियमित बैठकमा शनिबार गेष्ट स्पिकरको रुपमा बोल्दै सचिव देवकोटाले दुई तिहाई सिलिण्डर घरघरमा व्यक्तिले होल्ड गरेर राख्दा अस्पतालमा गम्भीर बिरामीले अक्सिजन अभावमा ज्यान गुमाउनु परेको दुःखेसो पोख्नुभयो । “घरमा आइसोलेसनमा रहेका बिरामीले ठूलो सिलिण्डर राखेर पनि हाइफ्लो अक्सिजन दिन सकिंदैन, तर अस्पताल भर्ना भएका बिरामीलाई हाईफ्लो अक्सिजन दिनुपर्ने हुन्छ, सिलिण्डरको अभावले गर्दा अस्पतालमा धेरै संक्रमितले ज्यान गुमाएका छन्”–उहांले भन्नुभयो ।
सचिव देवकोटाले सर्वसाधारणलाई घरमा राखिएका सिलिण्डर अस्पताललाई दिएर सहयोग गर्न आग्रह गर्नुभयो । अहिले अस्पतालमा अक्सिजनको अभावले बेड अभाव देखिएको भन्दै उहांले सिलिण्डर नहुँदा अक्सिजन भर्न नसकिएको र सोही कारण बिरामीले अक्सिजन आवश्यक मात्रामा पाउन नसकेको बताउनु भयो ।
कोभिड संक्रमण नियन्त्रणका लागि भारतबाट अक्सिजन लिक्विड ल्याउन सुरु गरिएको भन्दै उहांले यसका साथै ठूला सिलिण्डर घरमा नराख्ने र अक्सिजन प्लान्ट जडानको प्रक्रिया अगाडि बढाउने हो भने कोभिड–१९ को नयाँ भेरियन्टलाई नियन्त्रण गर्न सकिने बताउनु भयो ।
रोटरी जस्ता सामाजिक संस्थाले यसतर्फ जनचेतना जगाउनुपर्ने र सर्वसाधारणको भिडभाडलाई कम गर्नेतर्फ सामाजिक चेतनाको भूमिका खेल्नुपर्ने उहांको सुझाव छ । अहिले परीक्षण गरिएकोमा ५० देखि ६० प्रतिशतमा संक्रमण देखिने गरेको र यसमा पनि लुम्बिनी प्रदेशले कुल संक्रमितको २० प्रतिशत ओगटेको भन्दै सचिव देवकोटाले यो प्रदेशमा निको हुने दर पनि ६५ प्रतिशत मात्र रहेको बताए । “सातवटा प्रदेश मध्ये २ प्रतिशत संक्रमित लुम्बिनी प्रदेशमा छन्, प्रदेश सरकारले आफ्नो ध्यान परीक्षण गर्ने र संक्रमित हुनेलाई आइसोलेट गर्नेतर्फ केन्द्रित गरेर काम गरिरहेको छ”–उहांले भन्नुभयो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका २५ वटा आइसियू बेड र मेडिकल कलेज भैरहवाका झण्डै सय बेडमा अझै अक्सिजन पु¥याउन नसकिएको भन्दै उहांले अक्सिजनको अभाव नभए ती बेड पनि सञ्चालनमा आउने बताउनुभयो । उहांले लुम्बिनी प्रदेशका चारवटा अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती प्रादेशिक अस्पताल, भेरी अस्पताल र भीम अस्पताल गरी चारवटा कोरोना विशेष अस्पतालमा कोभिड नियन्त्रणका लागि थप ५८३ जना जनशक्तिको दरबन्दी स्वीकृत गरिएको पनि जानकारी गराउनु भयो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठ र आफूले कोभिड नियन्त्रणका लागि नयाँ कार्ययोजनाका साथ काम गरिरहेको जानकारी पनि उहांले दिनुभयो ।
रोटरी क्लव अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा आयोजित भर्चुअल बैठकमा रोटरियनहरु मणिरत्न पाण्डे, पुरन श्रेष्ठ, राजेन्द्र ध्वजू, रोम शर्मा, खिमनारायण पराजुली, कृष्णप्रसाद अर्याल, डा. मनोहर जोशी, सावि बि.क, लेखनाथ भुसाल, लक्ष्मण श्रेष्ठ, रोट¥याक्ट क्लव अफ लुम्बिनी बाणिज्य क्याम्पसका बरुण ज्ञवाली लगायतले विभिन्न जिज्ञासा र सुझाव राख्नुभएको थियो ।

≪ Previous Post

प्रधानमन्त्री केपी ओलीद्वारा मन्त्रिपरिषद् गठन : पुरानै दोहोरिए

Next Post ≫

आज मदन–आश्रित स्मृति दिवस, २८ वर्षसम्म पनि वास्तविकता बाहिर आउन सकेन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क