काठमाण्डौ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । आज (शुक्रबार) राष्ट्रपति विद्यादेवी भण्डारीसामु पद तथा गोपनियताको सपथ लिएलगत्तै प्रधामन्त्री ओलीले २१ जना मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।
एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री बनाउनुभएको छ । नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति र राज्यमन्त्रीहरुले प्रधानमन्त्री समक्ष सपथ लिनुभएको छ ।
नवनियुक्त मन्त्रीहरुमा ईश्वर पोखरेल– उप्रपधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, रामबहादुर थापा बादल– गृह, टोपबहादुर रायमाझी– उर्जा, जलस्रोत तथा सिञ्चाइ, विष्णु पौडेल– अर्थ, प्रदीप ज्ञवाली– परराष्ट्र, हृदयेश त्रिपाठी–स्वास्थ्य तथा जनसंख्या, लेखराज भट्ट, उद्योग, वाणिज्य तथा आपूर्ति र कृष्णगोपाल श्रेष्ठ–शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीमा नियुक्त हुनुभएको छ ।
यस्तै प्रभु साह– सहरी विकास, भानभुक्त ढकाल– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मणिचन्द्र थापा– खानेपानी, पद्मा अर्याल– कृषि, बसन्त नेम्वाङ– भौतिक पूर्वाधार तथा यातायात, गौरीशंकर चौधरी–श्रम, रोजगार तथा सामाजिक सुरक्षा, पार्वत गुरुङ–सञ्चार तथा सूचना प्रविधि, शिवमाया तुम्बाहाम्फे–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, लीलानाथ श्रेष्ठ–कानून, न्याय तथा संसदीय मामिला, गणेशसिंह ठगुन्ना– संघीय मामिला तथा सामान्य प्रशासन, प्रेमबहादुर आले– वन, जुलीकुमारी महतो– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र दावा लामा तामाङ– युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनुभएको छ ।
यसैगरी राज्यमन्त्रीहरुमा नवराज राउत– स्वास्थ्य तथा जनसंख्या, रामवीर मानन्धर– सहरी विकास र विमला विक–उद्योग, बाणिज्य तथा आपूर्ति राजयमन्त्री बन्नुभएको छ ।
