Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डिआइजी) धानुकलाई कार्बाहीको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डिआइजी) धानुकलाई कार्बाहीको माग

संसारपोस्ट संवाददाता · २० बैशाख २०७८ · 0
लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डिआइजी) धानुकलाई कार्बाहीको माग
80
SHARES
ShareTweet

महिला सांसदमाथी हातपात र दुब्र्यवहार गरेको आरोप
बुटवल, २० बैशाख । लुम्बिनी प्रदेशका महिला सांसदहरुले आफूहरुमाथि प्रहरी प्रशासनले हातपात र दमन गरेको आरोप लगाएका छन् । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले प्रदेश प्रमुखको कार्यालयमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले महिला सांसदमाथि हातपातगर्दै दुव्र्य्वहार गरेको आरोप लगाएका हुन् ।
डिआईजी धानुकको नेतृत्वमा महिला सांसद निर्मला क्षेत्री, फूलमति ढेगा, लौटी थारु, सुष्मा यादव, पुष्पा थरुनी, गीता थापामाथि हातपात भएको नेपाली काँग्रेसकी सचेतक निर्मला क्षेत्रीले बताउनु भयो ।
‘प्रदेश प्रमुखको कार्यालयमा आइतबार साँझ अल्पमतमा परेका मुख्यमन्त्री शँकर पोखरेलको सपथ रोक्नका लागि हामीहरू धर्नामा थियौं,’ उहांले भन्नुभयो–‘प्रहरी प्रमुख धानुकले महिला प्रहरी प्रयोग नगरी आफै हातपातमा लागे, महिला सांसदहरुको संवेदनशील अङ्गमा हातपातभएको छ, हातपातगर्ने प्रहरी प्रमुख धानुकलाई कारबाहीको माग राखेका छौं ।’
नेकपा माओवादी केन्द्रका सांसद दामा शर्माले प्रहरी प्रमुखले प्रदेश प्रमुखको कार्यालयमै महिला हिंसा गरेकाले आफूहरुले कानूनी उपचार खोज्ने बताउनु भयो । मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख धानुकले बल प्रयोग र महिला हिंसा गरेकाले उहाँलाई निलम्बन गर्नुपर्ने माग नेपाली काँग्रेसका संसदीय दलका नेता बिरेन्द्र कानौडियाले गर्नुभएको छ ।
लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले अल्पमतमा रहेको दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको घटनाको कानूनी र राजनीतिक लडाइँ लड्ने प्रतिबद्धता जनाएको छ ।
सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाली काँग्रेस संसदीय दलका नेता कनौडियाले अल्पमतमा परेका मुख्यमन्त्री शँकर पोखरेल कतिदिन संसदबाट भाग्नुहुन्छ भन्दै प्रश्नगर्नु भयो । उहाँले भन्नुभयो –‘पोखरेल नेतृत्वको सरकार कतिदिन सम्म टिक्छ ? संसदबाट कतिदिन भाग्नुहुन्छ ? नीति, कार्यक्रम र बजेट ल्याउनु पर्ने होला नि ?’
केन्द्रमा केपी शर्मा ओलीको तानाशाही र लुुम्बिनीमा पोखरेलले तानाशाही लाद्न खोजेको उहाँको आरोप थियो ।
४२ सांसदको हस्ताक्षरसहित सरकारमा दावी पेश गर्दागर्दै ३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुले लोकतन्त्रको हत्या र उपहास भएको विपक्षी गठन्धनको ठहर छ ।

≪ Previous Post

कोरोनाका कारण पूर्वमन्त्री चित्रकारको निधन

Next Post ≫

बुटवल उद्योग बाणिज्य संघद्वारा पत्रकार महासंघ रुपन्देहीलाई सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क