Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीको दावी : ४२ सांसदको समर्थन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीको दावी : ४२ सांसदको समर्थन

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७८ · 0
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीको दावी : ४२ सांसदको समर्थन
90
SHARES
ShareTweet

बुटवल, १९ बैशाख । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि लुम्बिनी प्रदेश प्रमुख समक्ष दाबी पेश गर्नुभएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले नेकपा एमाले संसदीय दलका नेता शँकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षर सहित नेपाली काँग्रेस लगायतका विपक्षी दलहरुले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दावी पेश गरेका हुन् ।
प्रदेश प्रमुखलाई बुझाईएको दावी पत्रमा सूर्य चिन्हवाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि हस्ताक्षर गर्नुभएको छ ।

प्रदेश प्रमुखको कार्यालय घेराउ
लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् । प्रदेश प्रमुखले शँकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट बनेका विपक्षी दलहरुले पोखरेलको नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका हुन् ।
हस्ताक्षर किर्ते गरेको सभासदको आरोप
लुम्बिनी प्रदेशका दुई सभासदले मुख्यमन्त्री शंकर पोखरेलले आफुहरुको हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका छन् ।
प्रदेशसभा सदस्य धर्म बहादुरलाल श्रीवास्तव र अजय शाहीले आफूहरुले मुख्यमन्त्री पोखरेललाई समर्थन नगरेको र आफू स्वतन्त्र राजनीतिक समूहमै रहेको बताउनु भएको छ ।
दुबै सभासदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेल प्रदेश प्रमुखबाट पुनःनियुक्त भइसक्नुभएको छ । श्रीवास्तव कपिलवस्तु २ ख बाट र अजय शाही नवलपरासी १ ख बाट विजयी सभासद हुन् । हृदयश त्रिपाठीसँग नजिक रहेका उनीहरु सूर्य चिन्हबाट विजयी भएका थिए । सूर्य चिन्हबाट विजयी भएपनि स्वतन्त्र राजनीतिक समूहका रुपमा चिनिने उनीहरुले आफूहरु एमालेको सदस्य नरहेको दावी गर्दै आएका छन् ।
एमाले सभासद पाण्डेले दिए राजिनामा
यसैगरी अर्का एमाले सांसद दुगनारायण पाण्डेले एमालेबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
यसैगरी अर्का एमाले सांसद दुगनारायण पाण्डेले एमालेबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । श्रीवास्तव कपिलवस्तु २ ख बाट विजयी सांसद हुन् । पाण्डेले लुम्बिनी प्रदेशमा शँकर पोखरेल पुन मुख्यमन्त्री नियुक्त भएपछि असन्तुष्टि जनाउदै पदबाट राजिनामा दिनुभएको हो ।
मुख्यमन्त्री पोखरेलले आज विहान मात्र प्रदेश सभामा सभासदको संख्या घटेर ८१ पुगेपछि एमाले एक्लैसंग ४१ सभासद रहेको दावी गर्दै एक दलको बहुमतको सरकार वनाउने भन्दै प्रदेश प्रमुख समक्ष राजिनामा दिनुभएको थियो ।

≪ Previous Post

पोखरेल पुन: मुख्यमन्त्री नियुक्त

Next Post ≫

रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्नेलाई ९ हजार १ सय जरिवाना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क