बुटवल, १९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संसदिय दलका नेता शँकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मानाथ यादवले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
संविधानको धारा १६८ को उपधारा (१) बमोजिम पोखरेललाई प्रदेशप्रमुख यादवले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
एमाले संसदिय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरुको हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको प्रदेशसभाको विज्ञप्तिमा उल्लेख गरिएको छ । पोखरेलले आज विहान मात्र मुख्यमन्त्रीबाट राजिनामा दिनुभएको थियो ।
