Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ टी–१० क्रिकेट : तिलोत्तमा र लुम्बिनी खुकुरी सेमिफाइनलमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

टी–१० क्रिकेट : तिलोत्तमा र लुम्बिनी खुकुरी सेमिफाइनलमा

संसारपोस्ट संवाददाता · १३ बैशाख २०७८ · 0
टी–१० क्रिकेट : तिलोत्तमा र लुम्बिनी खुकुरी सेमिफाइनलमा
80
SHARES
ShareTweet

प्रकाश न्यौपाने
भैरहवा, १३ वैशाख । तिलोत्तमा क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवामा जारी स्टडिल्याण्ड टी–१० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार तिलोत्तमाले तिरुपति क्रिकेट क्लबलाई १५ रन र लुम्बिनी खुकुरीले प्रोफेशनल मास्टर्स–११ लाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।
सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले ४ विकेटको क्षतिमा ९९ रन बनायो । उसका लागि कृष्ण कार्कीले ३५, सन्दिप केसीले नटआउट ३३ र मनोज सुनारले २८ रन जोडे । बलिङमा तिरुपतिका अमृत गुरुङ, बसिर अहम्मद र तुलबहादुर थापाले १÷१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको तिरुपति ५ विकेटको क्षतिमा ८४ रनमै रोकियो । उसका लागि अजय कौशिल्याले ३०, तुलबहादुर थापाले १७ र बसिर अहम्मदले १६ रन जोडे । बलिङमा तिलोत्तमाका कृष्ण पराजुलीले ३, मनोज सुनार र यम क्षेत्रीले १÷१ विकेट लिए । कृष्ण पराजुली म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले ६ विकेटको क्षतिमा ५४ रन बनायो । उसका लागि प्रमिश थापाले नटआउट १६ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । बलिङमा लुम्बिनी खुकुरीका साहव आलमले ३, सन्तोष यादव, अजय लोनिया र रोशन थामीले १÷१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेके लुम्बिनी खुकुरीले ७ ओभर १ बलमा ३ विकेटको क्षतिमा ५८ रन बनाउँदै जित निकाल्यो । उसका लागि शंकर रानाले १९, सन्दिप रजालीले नटआउट १८ र निश्चल चौधरीले १५ रन बनाए । बलिङमा प्रोफेसनलका अनिल जैसवालले २ तथा सिजन मकाजुले १ विकेट लिए । साहव आलम म्यान अफ द म्याच भए ।

मंगलबार मेमिफाइनलमा न्यू होराइजन क्रिकेट क्लब र लुम्बिनी खुकुरी तथा गोर्खा वारियर्स र तिलोत्तमा क्रिकेट क्लबबिच प्रतिस्पर्धा हुने आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी)ले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमले नगद ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

≪ Previous Post

करहिया–मक्रहर खानेपानी संस्था ऋणमुक्त

Next Post ≫

रुपन्देहीका होटल ब्यवसायी जिल्लाका चार सय होटल आइसोलेशन र क्वारेन्टाईन वनाउन तयार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क