Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ करहिया–मक्रहर खानेपानी संस्था ऋणमुक्त
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

करहिया–मक्रहर खानेपानी संस्था ऋणमुक्त

संसारपोस्ट संवाददाता · १० बैशाख २०७८ · 0
करहिया–मक्रहर खानेपानी संस्था ऋणमुक्त
40
SHARES
ShareTweet

पानीको महसुल चार्ज पनि घट्यो
तिलोत्तमा, १० वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ मा रहेको करहिया–मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चौथो साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले संस्था ऋणमुक्त भएकोमा खुशी व्यक्त गर्दै खानेपानीको सेवा विस्तारमा नगरपालिकाको तर्फबाट सधैं सहयोग रहने बताउनुभयो । उहाँले खानेपानी संस्थाहरुले सरसफाईको कामलाई समेत प्राथमिकता दिनुपर्ने बताउँदै पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणालाई दिगो बनाउन सबैको उत्तिकैं भूमिका रहनुपर्नेमा जोड दिनुभयो ।
खानेपानी उपभोक्ता तथा सरसफाई संस्था महासंघका रुपन्देही अध्यक्ष ध्रुव धितालले खानेपानी मुहानदेखि मुखसम्म स्वच्छ हुनुपर्ने बताउँदै यस क्षेत्रका खानेपानी संस्थाहरुले वितरण गर्ने पानी गुणस्तरीय रहेको बताउनुभयो । उहाँले पानीका स्रोतको उचित संरक्षण हुनुपर्ने बताउँदै पानी रिचार्जको वातावरण मिलाइनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष यज्ञ गैरेले नेतृत्व सम्हालेको अढाई वर्षमा देखिनेगरी प्रगतिका धेरै काम अघि बढाइएको बताउँदै नगर विकास कोषलाई एक करोड ९८ लाख ३३ हजार ३५४ रुपैंयाँ तिरेर संस्था ऋणमुक्त भएको जानकारी दिनुभयो । सेवा क्षेत्र विस्तारको क्रममा वडा नं. १० र १२ मा १०५ किलोमिटर पाइपलाइन विस्तार गर्ने र ओभरहेड ट्याङ्की निर्माण गर्ने कार्य अघि बढेको बताउँदै अध्यक्ष गैरेले यसबीचमा तिलोत्तमा नगरपालिकाको सहयोगमा संस्थाको सुविधासम्पन्न हल निर्माण, कार्यालय व्यवस्थापन लगायतका पूर्वाधार निर्माणका काम सम्पन्न भएको बताउनुभयो ।
संस्थाले नगर विकास कोषबाट ऋण लिएर खानेपानी योजना निर्माण गरेकोमा कोषबाट उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मानित भएको जानकारी दिँदै उहाँले हाल झण्डै दुई हजार खानेपानी उपभोक्ता रहेको जानकारी दिनुभयो । संस्थाका वरिष्ठ उपाध्यक्ष लक्ष्मण खनालको स्वागत, सचिव निलकण्ठ ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, तिलोत्तमा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल, वडा नं. १० का वडाध्यक्ष व्यसमुन थारु, संस्थाका सल्लाहकार मोहनराज शर्मालगायतले बोल्नुभएको थियो । साधारणसभाको बन्दसत्रले संस्था ऋणमुक्त भएको सन्दर्भमा पानी महसुल चार्ज घटाउने कार्यसमितिको प्रस्ताव पारित गरेको छ । जसअनुसार हाल न्यूनतम रकम १५० रहेकोमा अब १३० हुने भएको छ । साथै थप ११–१५ युनिट सम्मको महसुल हाल रु. १८ रहेकोमा रु. १५, १६–२० युनिट सम्मको महसुल हाल रु. २० रहेकोमा रु. १८ र २१ युनिटदेखि माथि हाल रु. २५ रहेकोमा रु. २० कायम भएको छ । साथैं बन्दसत्रले आगामी कार्यक्रमहरुको साथैं संस्थाको विधान संसोधन गर्नेलगायतका प्रस्तावहरु पारित गरेको छ ।

≪ Previous Post

टी–१० क्रिकेट : तिरुपति र खुकुरी विजयी

Next Post ≫

टी–१० क्रिकेट : तिलोत्तमा र लुम्बिनी खुकुरी सेमिफाइनलमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क