Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ टी–१० क्रिकेट : तिरुपति र खुकुरी विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

टी–१० क्रिकेट : तिरुपति र खुकुरी विजयी

संसारपोस्ट संवाददाता · १० बैशाख २०७८ · 0
टी–१० क्रिकेट : तिरुपति र खुकुरी विजयी
70
SHARES
ShareTweet

प्रकाश न्यौपाने
भैरहवा, १० वैशाख । तिरुपति क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवामा जारी स्टडिल्याण्ड टी–१० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा विजयी भएका छन् । तिरुपतिले घिनाहा–११ लाई १९ रन र खुकुरीले जीआरलाई क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै विजयी भएका हुन् ।
सिद्धार्थ रंगशालमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको तिरुपतिले १ विकेटको क्षतिमा ९२ रनको योगफल बनायो । जसमा बसिर अहम्मदले अविजित ३६, अजय कौशिल्याले २० र तुलबहादुर थापाले अविजित १७ रन जोडे । बलिङमा घिनाहा–११ का जितेन्द्र साहनीले १ विकेट लिए ।
प्रतिउत्तरमा घिनाहा–११ ले ९ विकेटको क्षतिमा ७३ रन मात्रै बनायो । जसमा शैलेष यादवले १९, दिलसाद अलीले १४ र अर्पण लोनियाले १३ रन बनाए । बलिङमा तिरुपतिका बसिर अहम्मद, एकलाख अहम्मद र अमृत गुरुङले समान २÷२ तथा मोहम्मद हुसेन र तुलबहादुर थापाले १÷१ विकेट लिए । बसिर अहम्मद म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको जीआरले ६ विकेटको क्षतिमा ८९ रनको योगफल बनायो । जसमा लक्की पाण्डेले ४१ र अर्जुन गिरीले ३१ रन बनाए । बलिङमा खुकुरीका रोशन थामीले ३, अजय लोनिया २ र दुर्गेश गुप्ताले १ विकेट लिए ।
प्रतिउत्तरमा खुकुरीले ७ ओभर १ बलमा ३ विकेटको क्षतिमा ९४ रन बनाउँदै जित निकाल्यो । जसमा शंकर रानाले अविजित ३५, सन्दिप रजालीले २८ र निश्चल चौधरीले १६ रन बनाए । बलिङमा अर्जुन गिरीले २ तथा सन्दिप सुनारले १ विकेट लिए । रोशन थामी म्यान अफ द म्याच भए । शनिबार वेष्टर्न क्रिकेट क्लब र आरआर चिल्हिया तथा लुम्बिनी नव युवा र ग्राण्ड कस्मोबीच प्रतिस्पर्धा हुने आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी)ले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमले नगद ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतका दुई टिमसहित १६ टिम सहभागी छन् । प्रतियोगिता वैशाख १८ गतेसम्म चल्ने छ ।

≪ Previous Post

भैरहवामा टी–१० क्रिकेट : होराइजन र तिलोत्तमाको विजयी सुरुवात

Next Post ≫

करहिया–मक्रहर खानेपानी संस्था ऋणमुक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क