Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भैरहवामा टी–१० क्रिकेट : होराइजन र तिलोत्तमाको विजयी सुरुवात
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भैरहवामा टी–१० क्रिकेट : होराइजन र तिलोत्तमाको विजयी सुरुवात

संसारपोस्ट संवाददाता · ८ बैशाख २०७८ · 0
भैरहवामा टी–१० क्रिकेट : होराइजन र तिलोत्तमाको विजयी सुरुवात
90
SHARES
ShareTweet

प्रकाश न्यौपाने
भैरहवा, ८ वैशाख । मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी)को आयोजनामा रुपन्देहीको भैरहवामा स्टडिल्याण्ड टि–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ । बुधबार भएका दुई खेलमा न्यू होराइजन क्रिकेट क्लब र तिलोत्तमा क्रिकेट क्लबले विजयी सुरुवात् गरेका छन् । होराइजनले युसिएमएस मेडिकल कलेजलाई ५३ रन र तिलोत्तमाले निचलल क्रिकेट क्लब, महाराजगंज भारतलाई ३९ रनले पराजित गरेको हो ।
सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यू होराइजनले २ विकेटको क्षतिमा ११५ रनको योगफल बनायो । उसका लागि मनिष थापाले नटआउट ३८, विपिन खत्रीले नटआउट २७, प्रकाश गिरीले १८ र विशाल खत्रीले १७ रन बनाए । बलिङमा युसिएमएसका सानु यादवले २ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको युसिएमएस ७ विकेटको क्षतिमा ६२ रनमै समेटियो । उसका लागि नविन पातिलले २० र कमलेश यादवले १८ रन जोडे । बलिङमा उसलाई सस्तैमा रोक्न होराइजनका गोविन्द केसीले ३ तथा महेश पट्टेल र तुलबहादुर थापाले समान १÷१ विकेट लिए । गोविन्द केसी म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले ६ विकेटको क्षतिमा ९७ रन बनायो । उसका लागि संन्दिप क्षेत्रीले ३३, यम क्षेत्रीले २५ र मनोज सुनारले १४ रन बनाए । बलिङमा निचललका शक्ति कुमारले २, अभिषेक यादव र अमित जैसवालले समान १÷१ विकेट लिए ।
जवाफि ब्याटिङ गरेको निचललले ८ विकेटको क्षतिमा जम्मा ५८ रन मात्रै बनाउन सक्यो । उसका लागि अभिषेक कुमारले नटआउट १८ र अनमोल शाहले १२ रन बनाए । बलिङमा तिलोत्तमाका विष्णु कटरिया र कृष्ण पराजुलीले २÷२ तथा मौसम ढकाल, उत्सव घिमिरे र यम क्षेत्रीले १÷१ विकेट लिए । यम क्षेत्री म्यान अफ द म्याच भए । बिहिबार बुद्ध क्रिकेट क्लब र गोर्खा वारियर तथा गोरखपुर क्रिकेट क्लब र मास्टर्स–११ बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विजेता टिमले नगद ५० हजार रुपैयाँ र ट्रफि तथा उपविजेताले २५ हजार र ट्रफि प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतको गोरखपुर र महाराजगंजका दुई टिमसहित १६ टिम सहभागि छन् । टि–१० फर्मेटमा नेपालमै पहिलोपटक आयोजना गरिएको प्रतियोगिता वैशाख १८ गतेसम्म चल्ने छ ।
यसअघि खेलको उद्घाटन गर्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले सिद्धार्थ रंगशालालाई छिटो पूर्णता दिनुपर्ने बताउनुभयो । उहांले जिल्लाकै पूरानो र अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणमा ढिलाई भएको भन्दै तीनै तहका सरकारले विशेष चासो दिएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

≪ Previous Post

भोलिदेखि भैरहवामा टी–१० क्रिकेट प्रतियोगिता हुने

Next Post ≫

टी–१० क्रिकेट : तिरुपति र खुकुरी विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क