Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भोलिदेखि भैरहवामा टी–१० क्रिकेट प्रतियोगिता हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भोलिदेखि भैरहवामा टी–१० क्रिकेट प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · ७ बैशाख २०७८ · 0
भोलिदेखि भैरहवामा टी–१० क्रिकेट प्रतियोगिता हुने
60
SHARES
ShareTweet

प्रकाश नयौपाने
भैरहवा, ७ वैशाख । बुधबारबाट रुपन्देहीको भैरहवामा स्टडिल्याण्ड टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी) को आयोजनामा टी–१० फर्मेटमा नेपालमै पहिलोपटक प्रतियोगिता हुन लागेको हो ।
आयोजकले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी भारतसहित रुपन्देही र नवलपरासीका क्रिकेट टिमको प्रतियोगितामा सहभागिता रहेको जनाएको छ । अन्तरदेशिय क्रिकेटले दुई देशको सम्बन्ध थप प्रगाढ हुनुका साथै क्रिकेटको पनि विकास हुने भएकाले प्रतियोगिता आयोजना गरिएको खेल संयोजक रोशालाल गुप्ताले बताउनु भयो ।
नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले पछिल्लो समय छोटो समयका खेलहरुप्रति आकर्षण बढेकाले पहिलोपटक टी–१० प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । प्रतियोगितामा भारतको गोरखपुर र महाराजगञ्जका दुई टिम तथा नवलपरासीको एउटा टीमसहित १६ टिम सहभागी छन् ।
प्रतियोगितामा विजेता टिमलले नगद ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । वैशाख १८ गतेसम्म चल्ने प्रतियोगिता सिद्धार्थ रंगशालामा हुनेछ ।

≪ Previous Post

केहरसिंह प्यासीको मधेशमा मैना

Next Post ≫

भैरहवामा टी–१० क्रिकेट : होराइजन र तिलोत्तमाको विजयी सुरुवात

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क