Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीका होटल ब्यवसायी जिल्लाका चार सय होटल आइसोलेशन र क्वारेन्टाईन वनाउन तयार
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीका होटल ब्यवसायी जिल्लाका चार सय होटल आइसोलेशन र क्वारेन्टाईन वनाउन तयार

संसारपोस्ट संवाददाता · १३ बैशाख २०७८ · 0
रुपन्देहीका होटल ब्यवसायी जिल्लाका चार सय होटल आइसोलेशन र क्वारेन्टाईन वनाउन तयार
120
SHARES
ShareTweet

बुटवल, १३ बैशाख । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले कोभिडको दोस्रो चरणको माहामारी फैलिदै गएसंगै जिल्लाका ४ सय बढी होटल आइसोलेशन र क्वारेन्टाईन वनाउनकालागि राज्यलाई सहयोग गर्ने जनाएको छ । संघले कोरोना विरुद्धको स्वास्थ्य मापदण्ड अपनाएर १ हजार बढी कोभिड संक्रमितहरुलाई राख्न सक्नेगरि तयारी गरेको जनाएको छ । संघका पदाधिकारीको आकस्मिक बैठकले सरकारलाई आवश्यक परे जिल्लाका होटलहरु आइसोलेशन र क्वारेन्टाईनका लागि उपलब्ध गराउन सक्ने निर्णय गरेको हो । संघका अध्यक्ष रामप्रसाद गौतमले कोभिडको महामारीमा सरकारले गतवर्ष नै घोषणा गरेको व्यवसायीहरुलाई विद्युत डिमाण्ड चार्ज मिनाहा गर्ने निर्णय विद्युत प्राधिकरणले परिपत्र नआएको भन्दै व्यवसायीलाई छुट नदिएको गुनासो गर्दै यसतर्फ सरकारको ध्यानजान जरुरी रहेको औल्याउनु भयो ।
संघले कोभिडको माहामारीमा अग्रभागमा खटिने होटल यवसायी र कर्मचारीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गर्ने निर्णय समेत गरेको छ । सरकार र स्थानीय तहसंग सहकार्य गरि कोभिड विरुद्धको सचेतना कार्यक्रम गर्न पनि संघ तयार रहेको बैठकले निर्णय गरेको छ । संघले कोभिड संक्रमित भएका १ हजार बढीलाई संघमा आवद्ध व्यवसायीको होटलमा न्युनतम शुल्कमा राख्न सक्ने गरि तयारी गरिएको र बैठकवाटै सोको निर्णय समेत गराएको महासचिव माधवकुमार खनालले बताउनु भयो ।
होटलतथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीमा १ हजार बढी व्यवसायी आवद्ध रहेको र यो ब्यवसायमा करिव ४० अर्व भन्दा बढी लगानी रहेको छ । पछिला दिनमा स्तरिय होटल तथा रिसोर्ट खोल्ने क्रम निकै वढेपनि कोरोनाको मारले व्यवसायीको लगानी धरापमा पर्न सक्ने भएकाले उनीहरुको लगानीको सुरक्षाकालागि सरकारले व्यवसायिक ऋणमा सहुलियत र व्याज मिनाहा जस्ता राहातका कार्यक्रम संचालन गर्नुपर्ने व्यवसायीको माग रहेको छ ।

≪ Previous Post

टी–१० क्रिकेट : तिलोत्तमा र लुम्बिनी खुकुरी सेमिफाइनलमा

Next Post ≫

तिलोत्तमामा करिव आठ हजारले भरे सुकुम्बासी आयोगको फारम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क