बुटवल, ५ बैशाख । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा हार्डवेयर, फूटवेयर तथा व्याग बस्तुगत समिति गठन गरिएको छ । संघको सभाहलमा आईतबार भएको छुट्टाछुट्टै भेलाले सर्वसम्मत रुपमा दुईवटा बस्तुगत समिति गठन गरेको हो ।
हार्डवेयर बस्तुगत समितिको सभापतिमा अनिलकुमार गुप्ता, उपसभापतिमा राजन पाण्डेय, सचिवमा धर्मेन्द्र कसौधन, सहसचिवमा पप्पु गुप्ता, कोषाध्यक्ष रितेश श्रेष्ठ र सहकोषाध्यक्षमा कृष्ण बस्याललाई चयन गरिएको छ । त्यस्तै समितिको सदस्यहरुमा रामजी नेपाल, विजय पन्थ, प्रकाश सुवेदी, विष्णु पाण्डेय, बिकास भण्डारी र मोहम्मद कलिमलाई चयन गरिएको छ ।
त्यस्तैगरी फूटवेयर तथा व्याग बस्तुगत समितिको सभापतिमा तुलसिराम खनाललाई चयन गरिएको छ । समितिको उपसभापतिमा यादव गिरी, सचिवमा शंकर पोखरेल र कोषाध्यक्षमा अलाउद्धिन अलिलाई चयन गरिएको छ ।
सदस्यमा लक्ष्मण पाण्डे, जे.डी. वारसी, उमा देवकोटा र अञ्जिल खान रहनु भएको छ । त्यसैगरी समितिको सल्लाहकारहरुमा प्रदिप शाक्य, कपिल ज्ञवाली, विजय वर्णवाल, माधव ज्ञवाली र मनोजमान सैंजुलाई चयन गरिएको छ ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले व्यबसायिक समस्या समाधानमा पहल र पैरवी गर्न बस्तुगत समितिहरुले दिशा निर्देशन गर्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले व्यबसायका प्रकृति अनुसार त्यसका समस्या पनि फरक फरक हुने भएकाले समस्यालाई व्यबस्थित रुपमा उठान गर्न र त्यसको समाधानलाई सहज बनाउनको लागि बस्तुगत समितिको अवधारणा अगाडि बढाईएको जानकारी गराउँदै नवगठित समितिले व्यबसायीहरुको आवश्यकता र त्यस भित्रका समस्या पहिचान गरेर संघलाई जानकारी गराउन समेत आग्रह गर्नुभयो ।
त्यसैगरी संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले व्यबसायिक समस्या समाधानको लागि सहकार्य गरेर अगाडि बढ्नुपर्ने भनाई राख्नुभयो । संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव बिमलराज भट्टराई, कोषाध्यक्ष नविन श्रेष्ठ, सचिव मुक्ति अधिकारी, कार्यसमिति सदस्य तथा हार्डवेयर बस्तुगत समितिका समन्वयकर्ता दिपक चापागाई, कार्यसमिति सदस्य तथा फूटवेयर तथा व्याग बस्तुगत समितिका समन्वय कर्ता कांशिराम पौडेल लगायतले बस्तुगत समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो ।