पाल्पा, ५ बैशाख । पाल्पा जिल्लामा आज २७ नयाँ कोरोना संक्रमित थपिएका छन् । १०९ जनाको कोरोना परीक्षण गरिएकामा २७ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमित मध्ये सबैभन्दा बढी जिल्ला सदरमुकाम तानसेनमा १२ जना कोरोना संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
सूचना अधिकारी पन्थीका अनुसार माथागढी गाउँपालिकामा ३, रैनादेवी छहरामा ३, रम्भामा ३, बगनासकालीमा १, पूर्वखोलामा १, तिनाउमा १ र रिब्दीकोट गाउँपालिकाका ३ जना मानिसको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । कोरोना संक्रमित हुनेमा अधिकांश भारतबाट पाल्पा फर्किएका मानिस रहेका छन् ।
लक्षण देखिएका संक्रमितको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, लुम्बिनी मेडिकल कलेज पाल्पा र जिल्ला अस्पताल पाल्पाको आइसोलेसनमा उपचार भइरहेको छ भने सामान्य अवस्थाका संक्रमित होम आइसोलेसनमा रहेका सूचना अधिकारी पन्थीले बताउनु भयो ।
