Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ तिलोत्तमामा वार्षिक परीक्षा वैशाख २० भित्र
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा वार्षिक परीक्षा वैशाख २० भित्र

संसारपोस्ट संवाददाता · ४ बैशाख २०७८ · 0
तिलोत्तमामा वार्षिक परीक्षा वैशाख २० भित्र
60
SHARES
ShareTweet

तिलोत्तमा, ४ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा यही वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको छ । कोरोना महामारीको प्रभाव बढ्दै जाँदा नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको शुक्रबार बसेको बैठकले विद्यालय स्तरीय वार्षिक परीक्षा छिट्टै लिने निर्णय गरेको हो । नेपालमा समेत दोस्रो चरणको कोरोना महामारी तीव्र रुपमा बढ्दै जाँदा विद्यालय बन्द गर्नुपर्ने दबाब बढ्दै गएको छ ।
परीक्षा नलिँदै विद्यालय बन्द गरिँदा त्यसले विद्यार्थी, शिक्षक, अभिभावक सबैमा नकारात्मक असर पर्ने भएकोले कोरोना सुरक्षा मापदण्ड अपनाई तत्काल परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताउनुभयो । नगर प्रमुख तथा समिति संयोजक बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले बालविकासदेखि कक्षा ३ सम्मको परीक्षा यही वैशाख १२ गतेसम्म र कक्षा ४ देखि ९ सम्मको परीक्षा वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको हो ।
बैठकले वैशाख १२ बाट सुरु हुनेगरी कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालनको लागि परीक्षा तालिका तथा परीक्षा केन्द्र समेत निर्धारण गरेको छ । यो वर्ष नगरस्तरीय परीक्षाको लागि ९ वटा केन्द्र निर्धारण गरिएको शिक्षा शाखा प्रमुख आचार्यले बताउनुभयो ।
यसैबीच कोरोनाबाट सबैभन्दा बढी बालबालिकाहरु प्रभावित भैरहेको भन्ने खबरहरु सार्वजनिक भैरहँदा नगर प्रमुख बासुदेव घिमिरे, शिक्षा शाखा प्रमुख गंगाराम आचार्यसहितको टोलीले विद्यालयहरुको अनुगमन गरेको छ । कोरोना सुरक्षा मापदण्डको पालनालाई केन्द्रमा राखी टोलीले सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन गरेको हो ।

≪ Previous Post

गिरिजाप्रसाद कोईरालाको स्मृतिमा बुटवलमा महिला भलिवल रनिङ्शिल्ड सुरु

Next Post ≫

नेपाल पत्रकार महासंघ रुपन्देहीमा पदस्थापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क