Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ कोभिड महामारीसंगै सरकारसंग पनि लड्नुपर्ने बेला आयो : नेतृ कोईराला
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोभिड महामारीसंगै सरकारसंग पनि लड्नुपर्ने बेला आयो : नेतृ कोईराला

संसारपोस्ट संवाददाता · ३ बैशाख २०७८ · 0
कोभिड महामारीसंगै सरकारसंग पनि लड्नुपर्ने बेला आयो : नेतृ कोईराला
100
SHARES
ShareTweet

बुटवल, ३ बैशाख । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले कोभिड महामारीसंगै सरकारसंग पनि लड्नुपर्ने बेला आएको बताउनु भएको छ । प्रधानमन्त्री केपी ओलीले एकलौटी रुपमा सत्ता सञ्चालन गर्न खोजेका कारण मुलक अस्थिरतामा फसेको टिप्पणि गर्दै असफल सरकार र सरकारमा असफल नेतृत्वका बिरुद्ध सबै मिलेर लड्नुपर्ने बताउनु भएको हो । मुलुकको राष्ट्रिय राजनीतिलाई सुधार गर्नको लागि नेपाली काँग्रेस एकजुट हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।
नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाको ११ औं स्मृति दिवसको अवसरमा जीपि कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीले बुटवलमा आयोजना गरेको अन्तर बिद्यालय महिला भलिवल प्रतियोगिताको उद्घाटन गर्दै नेतृ कोईरालाले मुलुकको समृद्धि र बिकासको लागि गिरिजाप्रसाद कोईरालाले लिएको सहमति, सहकार्य र एकता अपरिहार्य रहेको बताउनु भयो । गिरिजाप्रसाद कोईरालाले लिएको सहमति, सहकार्य र एकताको नीतिकै कारण तत्कालिन विद्रोही माओवादीलाई शान्तिको बाटोमा रुपान्तरण गर्न सकिएको बताउँदै मुलुकको बिकास र समृद्धिको लागि सहमति, सहकार्य र एकता अपरिहार्य रहेको बताउनु भयो ।
प्रतिष्ठान रुपन्देहीका अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा विपि अध्ययन प्रतिष्ठान रुपन्देहीका अध्यक्ष युवराज गिरी, जिपि फाउण्डेसन लुम्बिनी प्रदेश अध्यक्ष तथा नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, प्रतिष्ठानका उपाध्यक्ष काजिमान श्रेष्ठ, महासचिव तथा प्रतियोगिताका संयोजक परमानन्द भट्टराई लगायतले स्वर्गीय कोईरालाको जीवनी र योगदानका वारेमा भनाई राख्नुभएको थियो ।

≪ Previous Post

बुटवल उद्योग बाणिज्य संघमा गिफ्ट तथा कस्मेटिक बस्तुगत समिति गठन

Next Post ≫

गिरिजाप्रसाद कोईरालाको स्मृतिमा बुटवलमा महिला भलिवल रनिङ्शिल्ड सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क