कपिलवस्तु, ३१ चैत । सवारी दुर्घटनामा परि कपिलवस्तुका एक पत्रकारको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाँणगंगामा भएको सवारी दुर्घटनामा परि कपिलवस्तुका पत्रकार नन्दराम पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिम दिशाबाट आईरहेको ट्रकले विपरित दिशाबाट गईरहेको पत्रकार पौडेल सवार मोटरसाईकललाई बाँणगंगा नगरपालिका वडा नम्बर ८ मा ठक्कर दिदा उहांको मृत्यु भएको ईलाका प्रहरी कार्यलय पिपराले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पत्रिकाको काम सकेर मोटरसाईकलमा आफ्नो घर (बुद्धभूमि) फर्किने क्रममा ट्रकले ठक्कर दिएको थियो ।
ठक्कर दिएको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकको ठक्करवाट पत्रकार पौडेलको मृत्यु भएपछि बाँणगंगा नगरपालिकाको चप्परगाउँमा स्थानीयले सडक अवरुद्ध गरेका छन् ।