Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ विपीका विचारलाई आत्मसाथगरेर अगाडी बढ्नु आजको आवश्यक्ता : नेता शाह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विपीका विचारलाई आत्मसाथगरेर अगाडी बढ्नु आजको आवश्यक्ता : नेता शाह

संसारपोस्ट संवाददाता · २९ चैत्र २०७७ · 0
विपीका विचारलाई आत्मसाथगरेर अगाडी बढ्नु आजको आवश्यक्ता : नेता शाह
100
SHARES
ShareTweet

शुद्धोधन, २९ चैत । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा विपी स्टडी युथ सर्कल शुद्धोधन गाउँ समितिले पदभार तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकामा प्रदिप चौधरीको अध्यक्षतामा विपी स्टडी युथ सर्कलको १७ सदस्यीय गाउँ समिति गठन भएको छ । सर्कलको उपाध्यक्षमा सुनिता अधिकारी, सचिवमा नेत्रप्रसाद चालिसे, सहसचिवमा दिपक विक, कोषाध्यक्ष मिरा चौधरी र सह कोषाध्यक्षमा अशोक कुमार यादव रहनुभएको छ । यस्तै सदस्यमा सुवास फौदार क्षेत्री, रमेश यादव, सुनिल शर्मा, एलिना पौडेल, चन्द्रभान यादव, राधेश्याम यादव, धर्मेन्दर लोध, विनोद केवट, सुदिप ढकाल, हेमन्त अधिकारी र सुवास गैरे रहनुभएको छ ।
नवगठित समितिको पदभार तथा सम्मान कार्यममा बोल्दै नेपाली काँग्रेसका नेता एवं संघिय संसद सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले एसियाका दुई ठूला राष्ट्रहरू भारत र चिन बीच रहेर पनि नेपाललाई आफ्नो बेग्लै अस्तित्व कायम राख्दै विश्वका सामु परिचित गराउन बिपीको ठूलो योगदान रहेको बताउनु भयो । बिपीका नाममा गठित सर्कलका पदाधिकारी र सदस्यहरु विपीका विचार र योगदानका बारेमा जानकार हुनुपर्नेमा जोड दिदै पूर्व मन्त्रीसमेत रहनुभएका शाहले शिक्षित र क्रियाशिल युवाहरुलाई सर्कलमा आवद्ध गराउन सुझाव दिनुभयो ।
नेपाली जनतालाई रैतीवाट नागरिक वनाउने जननायक विपी कोईरालाको नेतृत्वमा बनेको नेपाली काँग्रेसको सरकारले क्रान्तिकारी भूमिसुधार, किसानहरूको अधिकारको संरक्षण, जमिनको हदबन्दी, जमिनदारी प्रथा एवम् बिर्ता उन्मूलन लगायतका कार्यहरु शुरु गरेको नेता शाहले वताउनु भयो । ‘दुरदर्शि राजनेता विपी कोईरालाका अनुयायी हामीहरुले विपी कोईरालाले अगाडी सारेका समाजवादी सोच, चिन्तन र व्यवहारलाई कति आत्मसात र अवलम्बन गरेका छौं अहिले अहं प्रश्न हो’ नेता शाहले भन्नुभयो । विपीले देखेका नेपाली समाजको सपना र उहाले कोरेको मार्ग चित्रमा नेपाली काँग्रेसलाई अगाडी बढाउन र उहांको विचारलाई आत्मसाथ गरेर अगाडी बढ्नु समयको माग र आजको आवश्यक्ता भएकाले सर्कलमा लागेको युवाहरुले यस तर्फ बढि ध्यान दिनुपर्नेमा नेता शाहले जोड दिनुभयो ।
सर्कलका गाउँ समिति अध्यक्ष प्रदिप चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण, महासमिति सदस्य चित्र केसी, युवा नेता हरि न्यौपाने, विष्णु पोख्रेल, भरथरी यादव, सर्कलका प्रदेश सचिव हरि न्यौपाने, जिल्ला अध्यक्ष निराजन खरेल लगायतले बोल्दै विपी स्टडी युथ सर्कल नेपाली काँग्रेसका नेता एबं जननायक बिपी कोईरालाको जीवन संघर्ष, बिपि विचार, साहित्य दर्शन र बिपिका विभिन्न पुस्तकको अध्ययन विचार र विमर्शको लागि गठन गरिएको संस्था भएकाले सर्कलका युवाहरु यसैमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सर्कलका लुम्विनी प्रदेश अध्यक्ष लक्ष्मण गौतमले रुपन्देही जिल्लामा दुईसय वढि युवाहरु सर्कलमा आवद्ध भैसकेका, १२ वटै जिल्लामा सर्कलको समिति विस्तार गरिएको तथा छिटै सैनामैना र बुटवलमा बृहद भेलाको तयारी भैरहेको जानकारी गराउनु भयो ।

≪ Previous Post

पशुपति कलेजको अध्यक्षमा राना विजयी

Next Post ≫

कोरोना संक्रमणबाट बुटवलमा तीन जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क