तिलोत्तमा, २९ चैत । रुपन्देहीको तिलोत्तमा–१६ कोटिहवा स्थित पशुपति कलेजको सञ्चालक समिति अध्यक्षमा तामबहादुर राना निर्वाचित हुनुभएको छ । राजनीतिकरुपमा दुई प्यानलबीच भएको प्रतिष्पर्धामा नेपाली काँग्रेस निकट अर्चित श्रेष्ठलाई ३७ मतले हराउँदै केपि शर्मा ओली नेतृत्वको नेकपा एमाले निकट राना अध्यक्षमा निर्वाचित हुनुभएको हो । रानाले १२९ मत र श्रेष्ठले ९२ मत पाउनुभएको छ ।
संचालक समितिमा एकजना सदस्यबाहेक सबै उम्मेदवार राना नेतृत्वकै विजयी भएका छन् । उपाध्यक्षमा लिला बल्लभ गैरे १३९ मत ल्याइ विजयी हुनुभएको छ भने सदस्यहरुमा भीमलाल बस्याल, गोमा गैरे, पूर्णभद्र बस्याल, देवानन्द पाण्डे, भूपति न्यौपाने र अर्का सदस्यमा नेपाली काँग्रेस निकट शेरबहादुर थापा निर्वाचित हुनुभएको छ ।
निर्वाचनमा नेपाली काँग्रेस र जनमुक्ति पार्टी विच तालमेल भएको थियो भने एमालेलाई माओवादी केन्द्रले समर्थन गरेको थियो ।