बुटवल, २८ चैत । नेपाली काँंग्रेसका महामन्त्री डा. शशांक कोइरालाले ओली नेतृत्वको सरकारले चुनाव गराए सर्वनास हुने बताउनु भएको छ । काँग्रेसको नेतृत्वमा बन्ने सरकारले मात्रै चुनाव गराउनुपर्ने तर्क उहांले पेश गर्नुभयो ।
शनिबार रुपन्देहीको मायादेवीमा आयोजित काँंग्रेसको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ‘ओली नेतृत्वको सरकारले सपना बाड्ने बाहेक विकासको नाममा सिन्को सम्म नभाँचेको टिप्पणि गर्नुभयो । नेपाली काँंग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास भैरहेको बताउदै महामन्त्री कोईरालाले नेपाली काँंग्रेस नेतृत्वमा तीन दलको सरकार बनाएर चुनावमा जानुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा नेपाली काँग्रेस संसदीयदलका प्रमुख सचेतक बालकृष्ण खाँणले केपी शर्मा ओली मधेस र मधेसी जनताको बिरोधी भएको आरोप लगाउनु भयो । कार्यक्रममा संघीय सांसद तथा सार्वजनिक लेखा समितिका सभापति भरत शाह, संघीय सांसद प्रमोद यादव, लुम्बिनी प्रदेश सभामा काँग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खाँन, प्रदेश सभा सदस्य अष्टभुजा पाठक, वसिउद्धिन खाँन, पुष्पा चौधरी, पूर्व राज्यमन्त्री अब्दुल रज्जाक, रुपन्देही पार्टी सचिव रामकृष्ण खाँण लगायतले बोल्दै काँग्रेस अब निर्णायक शक्तिका रुपमा नेपाली जनता माझ आउने बताउनु भयो । सो अवसरमा अन्य पार्टी छाडेर १ हजार ६ सयजना नेपाली काँंग्रेसमा प्रवेश गरेका काँग्रेस पार्टीले जनाएको छ ।