Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेशस्तरीय यु–१६ क्रिकेट : रुपन्देहीलाई उपाधि
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेशस्तरीय यु–१६ क्रिकेट : रुपन्देहीलाई उपाधि

संसारपोस्ट संवाददाता · २८ चैत्र २०७७ · 0
प्रदेशस्तरीय यु–१६ क्रिकेट : रुपन्देहीलाई उपाधि
60
SHARES
ShareTweet

प्रकाश न्यौपाने
भैरहवा, २८ चैत । भैरहवामा सम्पन्न लुम्बिनी प्रदेश स्तरीय बलियो नेपाल टी–२० अन्डर–१६ क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीले चुमेको छ । शनिबार फाइनलमा दाङलाई ६५ रनले हराउँदै रुपन्देहीले उपाधि हात पारेको हो । दाङले भने उपविजेतामै चित्त बुझायो ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले ३ विकेटको क्षतिमा १५४ रनको योगफल बनाएको थियो । उसका लागि आशिष रोकाले सर्वाधिक ४४ रनको योगदान गरे । ३२ बलको सामना गरेका उनले दुई छक्का र एक चौका प्रहार गरे । यस्तै, ४२ बलमा विशाल भुसालले ५ चौकाको मद्दतमा ४१, सन्तोष साउदले २५ र प्रकाश गिरीले २१ रन बनाए । बलिङमा दाङका आयुष ओली, सुमन बसौंदी र मनोज पुनले समान १÷१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको दाङ १७ ओभर २ बलमा सबै विकेट गुमाएर ८९ रनमै सीमित रह्यो । उसका लागि मनोज पुनले ३९, प्रभाकर कुँवरले १६ र रोहित डाँगीले १० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । उसलाई सस्तैमा रोक्न ३ ओभर बलिङ गरेका रुपन्देहीका सन्तोष यादवले एक मेर्डन राख्दै १२ रन खर्चेर ३ विकेट लिए । उनी म्यान अफ द फाइनल भए । यस्तै, सुमित पराजुली र अमर मिश्राले २÷२ तथा सुरज खड्का र सेजाद आलमले समान १÷१ विकेट लिए ।
प्रतियोगितामा उपाधि विजेता रुपन्देही र उपविजेता दाङलाई लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, बलियो नेपालका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्याय, पूर्वराष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचन, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य धर्मराज गिरी लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा १३७ रन र ६ विकेट लिएका दाङका आशिष ओली म्यान अफ द सिरीज भए । १३५ रन बनाएका रुपन्देहीका प्रकाश गिरी बेष्ट ब्याट्सम्यान भए भने १३ विकेट लिएका रुपन्देहीकै सन्तोष यादव बेष्ट बलर भए ।

≪ Previous Post

नेपाल पत्रकार महासंघ रुपन्देहीमा संयुक्त लोकतान्त्रिक प्रगतिशिल समूह विजयी

Next Post ≫

लक्ष्मीपार्कको विकासका लागि सामुहिक प्रतिवद्धता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क