Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल पत्रकार महासंघ रुपन्देहीमा संयुक्त लोकतान्त्रिक प्रगतिशिल समूह विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल पत्रकार महासंघ रुपन्देहीमा संयुक्त लोकतान्त्रिक प्रगतिशिल समूह विजयी

संसारपोस्ट संवाददाता · २६ चैत्र २०७७ · 0
नेपाल पत्रकार महासंघ रुपन्देहीमा संयुक्त लोकतान्त्रिक प्रगतिशिल समूह विजयी
90
SHARES
ShareTweet

अध्यक्षमा पोख्रेल र उपाध्यक्षमा ढकाल निर्वाचित
बुटवल, २६ चैत । नेपाल पत्रकार महासंघ रुपन्देही शाखामा संयुक्त लोकतान्त्रिक प्रगतिशिल प्यानलका साझा उम्मेदवार रामराज पोख्रेल नेतृत्वको समूह विजयी भएको छ । पोख्रेल नेतृत्वको समूहले प्रेस चौतारी नेपाल समूहका दिनेश पाण्डे नेतृत्वको समूहलाई पराजित गरेको हो ।
महासंघको रुपन्देही अध्यक्षमा संयुक्त लोकतान्त्रिक प्रगतिशिल समूहका पोखरेल १६३ मत ल्याएर निर्वाचित बन्नुभएको छ । अध्यक्ष पदका अर्का प्रत्याशी पाण्डेले १२० मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै खुला उपाध्यक्षतर्फ पनि संयुक्त लोकतान्त्रिक प्रगतिशिल समूहकै विश्वास ढकाल १९४ मत प्राप्त गरी विजयी बन्नुभएको छ भने अर्का प्रत्यासी हेम बहादुर पछाई ‘दिपेश’ ले १०० मत प्राप्त गर्नुभएको छ । महिला उपाध्यक्षमा पाण्डे समूहकी अमृता अनमोल विजयी बन्नुभएको छ । अनमोलले १४९ मत प्राप्त गर्नुभएको छ भने संयुक्त लोकतान्त्रिक प्रगतिशिल समूहकी प्रत्यासी सञ्जु पौडेलले १४८ मत प्राप्त गर्नुभएको छ । यो परिणाम प्रति असन्तुष्टि जनाउदै र पुन मतगणनाको माग राखेर उम्मेदवार पौडेलले निर्वाचन समितिमा निवेदन दिनुभएको छ ।
त्यसैगरी पदमा पनि संयुक्त लोकतान्त्रिक समूहका का सञ्जय सौगात विजयी बन्नु भएको छ । सौगातले १५२ मत प्राप्त गर्नुभएको छ भने कोषाध्यक्षका अर्का प्रत्यासी स्वस्तिक श्रेष्ठले १४६ मत प्राप्त गर्नुभएको छ । यस्तै सचिव पदमा संयुक्त लोकतान्त्रिक समूहका विनोद परियार १८५ मत प्राप्त गरी विजयी बन्नुभएको छ भने अर्का प्रत्यासी लक्ष्मण पोखरेलले ११० मत प्राप्त गर्नुभएको छ ।
सहसचिवमा पनि संयुक्त लोकतान्त्रिक समूहका विरेन्द्र कुँवर १६७ मत प्राप्त गरी विजयी बन्नुभएको छ भने प्रतिस्पर्धी केशव भण्डारीले १२२ मत प्राप्त गर्नुभएको छ । समावेशी महिला सह–सचिवमा पनि संयुक्त लोकतान्त्रिक समूहकै माया केसी विजयी हुनुभएको छ । केसीले १८५ मत प्राप्त गर्दा अर्का प्रत्यासी गोबिन्द घर्तीले १०८ मत प्राप्त गर्नुभएको छ ।
यस्तै खुल्ला सदस्यमा पनि संयुक्त लोकतान्त्रिक समूहका प्रदिप आचार्य, कविराज अधिकारी, थानेश्वर घिमिरे, मोतिराम न्यौपाने, प्रकाश पाण्डे, पुनहरि बेल्वासे विजयी बन्नुभएको छ भने महिला सदस्यमा संयुक्त लोकतान्त्रिक समूहका हरिकला अधिकारी र जनजाति सदस्यमा राज चौधरी विजयी बन्नुभएको छ भने खुल्ला सदस्यमा प्रगतिशिल साझा समूहका प्रकाश आचार्य मात्र निर्वाचित हुनुभएको छ ।
संयुक्त लोकतान्त्रिक प्रगतिशिल समूहमा नेपाल प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी नेपाल(माधव नेपाल समूह), प्रगतिशिल पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघको सहकार्य रहेको थियो ।

≪ Previous Post

रुपन्देहीबाट पत्रकार भवानी पाण्डेलाई २ सय ११ मत प्राप्त

Next Post ≫

प्रदेशस्तरीय यु–१६ क्रिकेट : रुपन्देहीलाई उपाधि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क