बुटवल, २५ चैत । नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य (लुम्बिनी प्रदेश)मा उम्मेदवारी दिएका रुपन्देहीका पत्रकार भवानीप्रसाद पाण्डेले गृह जिल्लाबाट सर्वाधिक मत प्राप्त गरेका छन् ।
केन्द्रीय अध्यक्ष पदका उम्मेदवार विपुल पोख्रेल नेतृत्वको संयुक्त लोकतान्त्रिक प्रगतिसिल प्यानलका उम्मेदवार पाण्डेले रुपन्देहिबाट २ सय ११ मत प्राप्त गरेका छन् । पाण्डे लोकतान्त्रिक प्रगतिशिल साझा प्यानलका आधिकारिक उम्मेदवार हुन् ।
लुम्बिनी प्रदेशबाट केन्द्रिय सदस्य पदका लागि ८ जना चुनावी मैदानमा उत्रिएका थिए । चुनावी मैदानमा उत्रिएका ८ जना मध्ये भवानी प्रसाद पाण्डेले सर्वाधिक २ सय ११ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार सुमन अधिकारीले १ सय ३१, शुशिल पोखरेलले ८२, टिका बस्नेतले ६७, आशिष गुप्ताले ५१, माधवप्रसाद अर्याल र रविलाल पाण्डेयले १२÷१२ मत प्राप्त गरेका छन् भने श्रीधर सुवेदीले ५ मत प्राप्त गरेका छन् । रुपन्देहीमा ३०२ मत खसेकोमा २९७ मत सदर भएको निर्वाचन समितिले जनाएको छ ।