Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्यूठान–रुपन्देही सम्पर्क मञ्चको अध्यक्षमा पत्रकार पोखरेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्यूठान–रुपन्देही सम्पर्क मञ्चको अध्यक्षमा पत्रकार पोखरेल

संसारपोस्ट संवाददाता · २२ चैत्र २०७७ · 0
प्यूठान–रुपन्देही सम्पर्क मञ्चको अध्यक्षमा पत्रकार पोखरेल
60
SHARES
ShareTweet

बुटवल, २२ चैत । प्यूठान रुपन्देही सम्पर्क मञ्चको दशौं साधारण सभा तथा पांचौ अधिवेशन सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनबाट श्यामलाल पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको छ । मञ्चको वरिष्ठ उपाध्यक्षमा पदमप्रताप जीसी, प्रथम उपाध्यक्षमा जेवी क्षेत्री र द्वितिय उपाध्यक्षमा भरत केसी निर्वाचित हुनुभएको छ । मञ्चको सचिवमा प्रदिप जिसी, सहसचिव डिवी खत्री (प्रदिप) र कोषाध्यक्षमा कृष्णबहादुर जिसी निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक लोकराज पोखरेलले जानकारी गराउनु भयो । मञ्चको सदस्यहरुमा हेमन्ता रोकाया, बिनोद गिरी, भरतमणी न्यौपाने, दीपक योगी, रामजी पोखरेल, अमर थापा, विष्णु खनाल, शरदचन्द्र सिंह रोकाय, उमा जीसी र घनश्याम सुवेदी रहनु भएको छ । पदमबहादुर जीसीको अध्यक्षता, उपाध्यक्ष बाबुराम महतको स्वागत र सचिव श्यामलाल पोखरेलको सञ्चालनमा सम्पन्न साधारण सभा तथा अधिवेशनले नयां नेतृत्व चयन गरेको हो । सोही कार्यक्रममा बोल्दै प्राध्यापक डाक्टर गितु गिरीले सामाजिक संघसंस्थाँहरु समाजप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो । सामाजिक संघसस्थाहरुलाई दलीय राजनीतिबाट अलग राख्नुपर्ने बताउंदै सामाजिक हितमा ध्यान दिएर काम गर्न उहांले आग्रह गर्नुभयो । कार्यक्रममा प्यूठान रुपन्देही सम्पर्क मञ्चका पूर्व अध्यक्ष लोकराज पोखरेल, बरिष्ठ साहित्यकार तथा लेखक जंगबहादुर शाहा, मञ्चका संस्थापक सदस्य बुद्विमान थापा, लोकबहादुर बस्नेत लगायतले बोल्नुभएको थियो । साधारण सभा तथा अधिवेशनमा मञ्चद्वारा प्रकाशित डाइरेक्ट्ररी प्रमुख अतिथि प्राध्यापक डाक्टर गितु गिरीबाट विमोचन गरिएको छ । मञ्चको प्रगतिप्रतिवेदन सचिव श्यामलाल पोखरेल, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष प्रदिप जिसीले प्रस्तुत गर्नुभएको थियो । विधान संशोधन समितिका संयोजक डिवी खत्रीले पेश गर्नुभएको विधान संशोधन गरिएको छ । २०५९ सालमा स्थापना भएको सम्पर्क मञ्चमा हाल करिव ४ सय जना साधारण सदस्य, १ सय २१ जना आजीवन सदस्य संख्या रहेको छ ।

≪ Previous Post

प्रदेशस्तरीय यु–१६ क्रिकेट बर्दिया र नवलपरासी विजयी

Next Post ≫

रुपन्देहीबाट पत्रकार भवानी पाण्डेलाई २ सय ११ मत प्राप्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क