Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेशस्तरीय यु–१६ क्रिकेट बर्दिया र नवलपरासी विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेशस्तरीय यु–१६ क्रिकेट बर्दिया र नवलपरासी विजयी

संसारपोस्ट संवाददाता · २२ चैत्र २०७७ · 0
प्रदेशस्तरीय यु–१६ क्रिकेट बर्दिया र नवलपरासी विजयी
70
SHARES
ShareTweet

प्रकाश न्यौपाने
भैरहवा, २२ चैत । रुपन्देहीको भैरहवामा जारी बलियो नेपाल टी–२० अन्डर–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा आइतबार बर्दिया र नवलपरासी विजयी भएका छन् । बर्दियाले प्यूठानलाई १० विकेट र नवलपरासीले बाँकेलाई ५ विकेटले पराजित गरेका हुन् । प्यूठानको यो लगातार दोस्रो हार हो ।
सिद्धार्थ रंगशालामा टस जितेर व्याटिङ गरेको प्यूठानले ५ विकेटको क्षतिमा १०४ रनको योगफल बनायो । उसका लागि सुजन पुन मगरले २७ र सविन केसीले १५ रन बनाए । बलिङमा बर्दियाका रोहित सुनारले २, नितेशकुमार यादव, हेमन्त आचार्य र राजीव साहुले समान १÷१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बर्दियाले १२ ओभर १ बलमा विना क्षति १०५ रन बनाउँदै सहजै जित निकाल्यो । उसको जितमा नितेशकुमार यादवले ४६ बलमा ७ चौकाको मद्दतमा ५० रन बनाए । यस्तै, साहिल शेखले ३५ रन जोडे । नितेशकुमार यादव म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको बाँकेले १९ ओभर २ बलमा सबै विकेटे गुमाएर १०४ रन बनायो । उसका लागि प्रविन कुमालले २६ र पियुष प्रजापतीले २३ रन बनाए । बलिङमा नवलपरासीका रमेश पाण्डेले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । यस्तै, नूर आलम अन्सारीले ३, विजय कुमार लोहार, गया सहानी र हिल्सन पाण्डे क्षेत्रीले समान १÷१ विकेट लिए ।
प्रतिउत्तरमा नवलपरासीले १६ ओभर १ बलमा ५ विकेट क्षतिमा १०५ रन बनाउँदै जित निकाल्यो । उसका लागि हिल्सन पाण्डे क्षेत्रीले ३५ र अभिषेक पटवाले १७ रन बनाए । बलिङमा बाँकेका धनबहादुर थापा र मग्बुल राईले समान २÷२ विकेट लिए । हिल्सन पाण्डे क्षेत्री म्यान अफ द म्याच भए । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागी छन् ।

≪ Previous Post

रुपन्देहीमा पशुपन्छी तथा मत्स्य विकास संजाल गठन

Next Post ≫

प्यूठान–रुपन्देही सम्पर्क मञ्चको अध्यक्षमा पत्रकार पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क