Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीमा पशुपन्छी तथा मत्स्य विकास संजाल गठन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा पशुपन्छी तथा मत्स्य विकास संजाल गठन

संसारपोस्ट संवाददाता · १७ चैत्र २०७७ · 0
रुपन्देहीमा पशुपन्छी तथा मत्स्य विकास संजाल गठन
70
SHARES
ShareTweet

भैरहवा, १७ चैत । कृषि क्षेत्रमा व्यवसायिक सूचना प्रवाहलाई सहजीकरण गर्ने र सरकारी योजनाहरु किसानसम्म पुर्याउने उद्देश्यले रुपन्देहीमा पशुपन्छी तथा मत्स्य विकास संजाल गठन गरिएको छ । मंगलबार भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा किसान र कृषि व्यवसायीहरुको जिल्लास्तरीय संजाल गठन गरिएको हो ।
भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख संयोजक र विज्ञ केन्द्रका प्राविधिक सदस्य सचिव रहने गरी १३ सदस्यीय संजाल गठन गरिएको छ । विज्ञ केन्द्रका प्रमुख डा.परवेज आलमकाअनुसार पशुपन्छी पालक किसान र व्यवसायीलाई समेटेर संजाल बनाइएको हो । संजालको सदस्यमा मत्स्यपालकबाट दिवाकर भुसाल, दुग्ध सहकारीबाट लेखनाथ पाण्डे, व्यवसायिक कृषकबाट यज्ञमूर्ति खनाल र निजी डेरीबाट दयानिधि गैरे सदस्य चयन हुनुभएको छ ।
यस्तै, बाख्रा व्यवसाय उद्यमीबाट सुनिल अर्याल, घाँस विकास क्षेत्रबाट प्रेमसागर पौडेल, कुखुराको ह्याचरीबाट बासु बडाल, बंगुर व्यवसायीबाट महेश बुढाथोकी, भैंसी पालन व्यवसायीबाट रामअवतार यादव, लुम्बिनी विशिष्टिकृत सहकारी संघबाट ज्ञानु पौडेल र पाराभेटबाट उत्तम नेपाल संजालको सदस्य चयन हुनुभएको छ ।
कृषि क्षेत्रमा लागेका सबै व्यवसायीको प्रतिनिधित्व हुने गरी संजाल गठन गरिएकाले कृषि तथा किसानका समस्या पहिचान, समाधान, सरकारी योजना कार्यान्वयन र किसानसम्म पुर्याउन सहयोग पुग्ने आलमले विश्वास व्यक्त गर्नुभयो । ‘कहिलेकाँही कृषक लक्षित कार्यक्रम गर्दा वास्तविक किसानले थाहै नपाउने अवस्था पनि छ, यसलाई सहजीकरण गर्न र हाम्रा किसान लक्षित कार्यक्रम सबै ठाउँमा पुर्याउन यो संजालले काम गर्नेछ’, आलमले भन्नुभयो –‘किसानका समस्या भए संजालमार्फत् हामीलाई जानकारी गराइन्छ र हामीले समाधानमा सहयोग गर्छौ ।’
कतिपय अवस्थामा सरकारी योजनाबारे किसानले जानकारीसमेत पाउँदैनन् । यसले गर्दा वास्तविक किसानले सरकारी सुविधा र योजनाबाट बञ्चित हुनुपरेको छ । संजालले विज्ञ केन्द्र र किसानबीच पुलको काम गर्ने भएकाले सहजीकरणमा सहजता प्रदान गर्ने बाख्रापालक किसान प्रेमसागर पौडेलले बताउनु भयो । जिल्ला समन्वय समिति रुपन्देहीका सभापति एकराज विश्वकर्माले संजालले किसानहरुबीच एकीकृत भावनाको विकास गर्न र व्यवसायमा आइपर्ने समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

≪ Previous Post

होली पर्व : आज हिमाली र पहाडी जिल्लामा मनाईदै भोली तराईमा

Next Post ≫

प्रदेशस्तरीय यु–१६ क्रिकेट बर्दिया र नवलपरासी विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क