Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ जनताको अधिकार सुरक्षा र संविधानको रक्षामा सरकार असफल : प्रमुख सचेतक खाँण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जनताको अधिकार सुरक्षा र संविधानको रक्षामा सरकार असफल : प्रमुख सचेतक खाँण

संसारपोस्ट संवाददाता · १३ चैत्र २०७७ · 0
जनताको अधिकार सुरक्षा र संविधानको रक्षामा सरकार असफल : प्रमुख सचेतक  खाँण
130
SHARES
ShareTweet

बुटवल, १३ चैत । नेपाली काँंग्रेसका केन्द्रिय सदस्य एवं प्रमुख सचेतक बालकृष्ण खाँणले जनताको अधिकार र संविधानको सुरक्षा सरकारको पहिलो दायित्व भएपनि दुवै कुरामा सरकार असफल सिद्ध भएको बताउनु भएको छ ।
राणा तथा प्राचिनकालका शासकले पनि जनताको जीवन रक्षाका लागि जिम्मेवार हुने गरेको तर लोकतान्त्रिक प्रणालीमा पनि वर्तमान सरकार जनता र संविधान प्रति उत्तरदायी नरहेको आरोप नेता खाँणंले लगाउनु भयो ।
राज्य टेलिभिजनले बुटवलमा आयोजना गरेको मानवअधिकारको प्रवद्र्धनमा मिडियाको भूमिका विषयक अन्तरक्रियामा वोल्दै नेता खाँणले मुलुक राजनीतिकरुपमा अनिर्णयको बन्दी बनेका बेला काँंग्रेस मौन बस्न नहुने जिकिर गर्नुभयो । देशलाई निकास दिन काँग्रेसले ठोस निर्णय गर्नुपर्ने बताउँदै नेता खाँणले काँंग्रेस जनताको भावना बिपरित नजाने उल्लेख गर्नुभयो ।
नेता खाँणले ‘असंबैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीलाई एक मिनेट पनि सत्तामा रहने नैतिक अधिकार छैन । संविधानमाथि नै प्रहार गर्ने पक्षसँग सहकार्य हुन सक्दैन’ भन्नुभयो । राजनीतिक गतिरोध अन्त्यकालागि संविधान र लोकतन्त्रको रक्षागर्ने दलसँग काँग्रेसले सहकार्य गर्ने खाँणको भनाई रहेको छ ।
कार्यक्रममा नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डा.बुद्धबहादुर थापा, संबिधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष बिनोद पहाडी, राज्य टेलिभिजनका अध्यक्ष गोविन्द खनाल, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष डा.बालकृष्ण चापागाई, प्रकाशन तथा प्रसारण समाजका सचिव माधव नेपाल, नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष निरु गौतम, राज्य टेलिभिजनका सञ्चालक डा.बिनोद पराजुलीलगायतले बोल्दै मानब अधिकारको प्रवद्र्धन र सवलीकरणमा मिडियाको भूमिका महत्वपूर्ण रहेको भन्दै त्यसकालागि मिडिया बलियो हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम टेलिभिजनका कार्यकारी निर्देशक बिष्णु भुसालको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

काँग्रेस नेता नविन्द्रराज जोशीको निधन

Next Post ≫

होली पर्व : आज हिमाली र पहाडी जिल्लामा मनाईदै भोली तराईमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क