नवलपुर, ११ चैत । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका २ मा लोकसेवा माविको स्कूल बसको ठक्करबाट एक बालकको निधन भएको छ ।
चोरमाराबाट हुप्सेकोट जाँदै गरेको मध्यविन्दु ९ बसन्तपुरको लोकसेवा माविको लु १ क ३९९९ नम्बरको बसले हुप्सेकोट २ दन्दरमा ठक्कर दिँदा हुप्सेकोट २ निवासी सुकमाया परियारको ३ बर्षीय छोरा कृष परियारको घटना स्थलमै निधन भएको हो ।
चालक फरार रहेको र बस हुप्सेकोट प्रहरी चौकीको नियन्त्रणमा रहेको नवलपुर प्रहरीले जनाएको छ ।
