Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा युवतीको बलत्कारपछि हत्या प्रयास गर्ने प्रहरी जवान पक्राउ
विपीका विचारलाई आत्मसाथगरेर अगाडी बढ्नु आजको आवश्यक्ता : नेता शाह

विपीका विचारलाई आत्मसाथगरेर अगाडी बढ्नु...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पशुपति कलेजको अध्यक्षमा राना विजयी

पशुपति कलेजको अध्यक्षमा राना विजयी

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
ओली सरकारले विकासको नाममा सिन्को पनि भाचेन : महामन्त्री कोइराला

ओली सरकारले विकासको नाममा सिन्को...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रुपन्देहीमा युवतीको बलत्कारपछि हत्या प्रयास गर्ने प्रहरी जवान पक्राउ

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७७ · 0
रुपन्देहीमा युवतीको बलत्कारपछि हत्या प्रयास गर्ने प्रहरी जवान पक्राउ
90
SHARES
ShareTweet

बुटवल, ९ चैत । सुन्दा अचम्म लागे पनि घटना यर्थाथ भएपछि विश्वास गर्नै पर्ने घटना रुपनदेहीमा घटेको छ ।
रुपन्देहीमा एक युवतीलाई बलत्कारपछि हत्या प्रयास गरेको अभियोगमा एक प्रहरी जवान पक्राउ परेका छन् । पीडित युवतीको अभिभावकको किटानी जाहेरीका आधारमा नवलपरासी जर्घा स्थित जनपथ प्रहरीका प्रहरी जवान सुरेश कठरिया (थारु) लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जँगलमा बेहोस अवस्थामा फेला परेकी युवतीलाई स्थानीयले उद्धार गरेका थिए । स्थानीयले उद्धार गरि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारार्थ भर्ना गरेका र उपचारपछि होसमा आएकी १९ बर्षिय युवतीले आफूलाई कठरियाले जबरजस्ती करणी गरी घाँटी थिचेर हत्याको प्रयास गरेको बताएकी थिईन । युवतीको बयानका आधारमा आरोपित प्रहरी जवानलाई प्रहरीले पक्राउ गरेको हो ।
कानुनको रक्षक प्रहरी जवानकै संलग्नतामा घटना भएकाले यो घटना लुक्न सक्ने आशंका गरिएको थियो । तर, स्थानीयले निलडाम सहित बेहोस अवस्थामा फेला परेकी युवतीको उद्धार गरेपछि पीडित युवती बाट घटना सार्वजनिक भएसंगै प्रहरीले आरोपितलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहांका अनुसार पक्राउ परेका प्रहरी जवानलाई नियन्त्रणमा लिइसकेको र अन्य व्यक्तिहरुको संलग्नताको खोजी भइरहेको छ ।
सामाजिक सन्जाल मार्फत चिनजान भएकी युवतीलाई प्रहरी कर्मचारीले पटक–पटक भेट्न दबाब दिने गरेको पीडित युवतीकी दिदिले बताएकी छिन् । घाईते युवतीकी दिदीले आर्थिक सहयोग गर्ने आश्वासन दिदै ललाई फकाइ गरि प्रहरी जवान कठरियाले बहिनीलाई बलात्कार गरेको हुनसक्ने बताईन् ।
प्रहरी जवान कठरियाले जबर्जस्ती बलात्कार गरेपछि ब्यागको रसीले घाँटीमा बेरेर हत्या प्रयास गरेको पीडित युवतीको भनाई छ । ज्याला मजदुरी गरेर परिवार पालेका युवतीकी आमाले छोरीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराईरहेकी छिन् ।

≪ Previous Post

ठुठीबारी महेशपुर नाका नखुल्दा सीमा क्षेत्रका बासिन्दालाई सास्ती

Next Post ≫

स्कूल बसको ठक्करबाट बालकको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क