Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ काठमाडौंका ५ स्थानमा शाइन रेसुंगा बैंकका शाखा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काठमाडौंका ५ स्थानमा शाइन रेसुंगा बैंकका शाखा

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७७ · 0
काठमाडौंका ५ स्थानमा शाइन रेसुंगा बैंकका शाखा
70
SHARES
ShareTweet

बुटवल, ९ चैत । लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा बैंकले संघीय राजधानी काठमाडौंमा एकै दिन पांच स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । काठमाडौंको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र बसुन्धरामा आइतबारदेखि औपचारिकरुपमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । बैंकका अध्यक्ष थानेश्वर पौडेलले संघीय राजधानीमा स्थापित नयाँ शाखाहरूको आइतबार साँझ बानेश्वरको एभरेस्ट होटेलमा आयोजित कार्यक्रममा औपचारिक उद्घाटन गर्नुभयो । योसँगै बैंकको शाखा संख्या ८० पुगेको छ । अध्यक्ष पौडेलले शाइन रेसुंगा बैंकले ग्रामीणमुखी बैंकिङलाई प्राथमिकता दिएपनि राष्ट्रियस्तरमा स्तरोन्नति भएसंगै संघीय राजधानीसहित सातै प्रदेशमा शाखा सञ्जाल विस्तारको क्रममा रहेको बताउनुभयो । बैंकको शाखा सञ्जाल सहरी क्षेत्रमा करिब १५ प्रतिशत, अर्धसहरी क्षेत्रमा २५ प्रतिशत र ग्रामीण क्षेत्रमा ६० प्रतिशत रहेको उहांले बताउनु भयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले लुम्बिनी प्रदेशलाई केन्द्र बनाएर आफ्नो ब्राण्ड जोगाउंदै संघीय राजधानीमा पनि आफ्नो बलियो उपस्थिति देखाउने लक्ष्य सहित डिजिटल बैकिङलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्ने बताउनु भयो । बैंकले ३३ अर्बभन्दा बढी निक्षेप संकलन, ३० अर्बभन्दा बढी कर्जा प्रवाह र ४ लाखभन्दा बढी ग्राहक भएको जानकारी दिनुभयो ।

≪ Previous Post

एलआइसीद्वारा मृत्यु दावी रकम हस्तान्तरण

Next Post ≫

दुई लाख बढी रकम सहित ८ जना जुवाडे पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क