Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पत्रकार महासंघ रुपन्देहीलाई साझा संस्था बनाउन युनियनले नेतृत्वदायी भूमिका खेल्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पत्रकार महासंघ रुपन्देहीलाई साझा संस्था बनाउन युनियनले नेतृत्वदायी भूमिका खेल्ने

संसारपोस्ट संवाददाता · ७ चैत्र २०७७ · 0
पत्रकार महासंघ रुपन्देहीलाई साझा संस्था बनाउन युनियनले नेतृत्वदायी भूमिका खेल्ने
100
SHARES
ShareTweet

बुटवल, ७ चैत । नेपाल पत्रकार महासघको आसन्न निर्वाचनको तयारीका लागि नेपाल प्रेस युनियन रुपन्देहीले जिल्ला भेला तथा छलफल गरेको छ । शनिबार बुटवल, योगिकुटीमा आयोजना गरिएको भेलामा आसन्न निर्वाचनकालागि युनियनले अपनाउने रणनीति र नेतृत्वका सम्बन्धमा छलफल गरिएको छ ।
भेलाले पत्रकार सम्बद्ध संघ संगठनहरु संग सहकार्य र समन्वय गरी पत्रकार महासंघ रुपन्देहीलाई सबै पत्रकारहरुको साझा संस्थाका रुपमा अगाडी बढाउन युनियनले नेतृत्वदायी भूमिका खेल्ने निर्णय गरेको छ । पत्रकार महासंघलाई साझा संस्थाका रुपमा अगाडी बढाउन सम्पूर्ण पत्रकारहरुको एकता र सहकार्य आवश्यक भएको भन्दै भेलाले पत्रकार सम्बद्ध संघ संगठनहरुलाई सहकार्यकालागि आह्वान पनि गरेको छ । भेलाले निर्वाचन तयारीकालागि प्रेस युनियन रुपन्देहीका सल्लाहकार हरि लम्सालको नेतृत्वमा निर्वाचन तयारी उच्च स्तरीय समिति पनि गठन गरेको छ ।
जिल्ला भेला तथा छलफल कार्यक्रममा संमितिका संयोजक तथा सल्लाहाकार हरि लम्साल, खिमानन्द भट्टराई, हरिष ढकाल, रामराज पोख्रेल, भवानी प्रसाद पाण्डे, बिक्रम खड्का, यमलाल भुसाल, सभापति रेखा भुसाल, अग्रज पत्रकार दामोदर खनाल, महेन्द्र थापा, मिना ढकाल, विश्वास ढकाल, राम विकाश चौधरी, कमला पाण्डे, सन्जु पौडेललगायतले बोल्दै पत्रकारहरुको पेशागत हक अधिकारको रक्षा गर्दै पेशागत सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रताकालागि पत्रकार महासंघ रुपन्देहीमा सक्षम नेतृत्व चयनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा यसअघि प्रेस चौतारी रुपन्देहीको जिल्ला कार्य समिति सदस्य भइसकेकी पत्रकार निहारिका थापा बिन्दुलाई प्रेस युनियनमा स्वागत गरियो । प्रेस युनियन प्रवेश गरे संगै भेलामा बोल्दै उहांले यसअघि संगठनात्मक बस्तुस्थिति नबुझी अन्य संगठनमा लागेको उल्लेख गर्दै नेपाल प्रेस युनियनको गरिमा र महत्व बुझेरै आफु युनियनमा प्रवेश गरेको बताउनुभयो । युनियनलाइ बलियो बनाउन आफुले शसक्त ढंगबाट भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रम युनियनका सचिव श्यामशंकर पाण्डेको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

राज्यले ढुवानी तथा यातायात क्षेत्रलाई ध्वस्त बनायो : ब्यवसायी

Next Post ≫

एलआइसीद्वारा मृत्यु दावी रकम हस्तान्तरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क