Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको मेउडिहवा आधारभूत विद्यालयमा भवन हस्तान्तरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको मेउडिहवा आधारभूत विद्यालयमा भवन हस्तान्तरण

संसारपोस्ट संवाददाता · १ चैत्र २०७७ · 0
रुपन्देहीको मेउडिहवा आधारभूत विद्यालयमा भवन हस्तान्तरण
60
SHARES
ShareTweet

भैरहवा, १ चैत । राउण्ड टेबल नेपाल र लुम्बिनी राउण्ड टेबल–१६ ले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित मेउडिहवा आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माण गरिदिएको छ ।
राउण्ड टेबल नेपाल र लुम्बिनी राउण्ड टेबल–१६ ले निर्माण गरेको उक्त भवन आइतबार एक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
१५ लाखको लागतमा निर्माण भएको भवनको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले उद्घाटन गर्दै राउण्ड टेबलले विभिन्न किसिमका सहयोग पु¥याउँदै अत्यन्त रचनात्मक र महत्वपूर्ण काम गरेको बताउनुभयो ।
उहांले राउण्ड टेबलले विद्यालयको भवन निर्माण गरेसंगै अब शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । नगरपालिका भित्र रहेको विद्यालयमा भौतिक पूर्वाधार सुधार गर्नुपर्छ भन्ने कुरालाई मध्यनजर गर्दै दुईकोठे भवन निर्माण गर्नु प्रशसंनीय रहेको प्रजिअ घिमिरेले बताउनुभयो ।
लुम्बिनी राउण्ड टेबल–१६ का अध्यक्ष सौरभ अग्रवालले राउण्ड टेबल इन्टरनेशनल डे को अवसर पारेर निर्माणसम्पन्न भवन विद्यालयलाई हस्तान्तरण गरिएको बताउनु भयो ।
राउण्ड टेबल इन्टरनेशनल एसिया प्यासिफिक चेयरम्यान सिद्धान्त गुप्ताले राउण्ड टेबल नेपाल र लुम्बिनी राउण्ड टेबल–१६ ले उत्कृष्ट कार्य गरेको बताउनुभयो । राउण्ड टेबल नेपालका राष्ट्रिय अध्यक्ष सौरभ केडियाले राउण्ड टेबल नेपाल लुम्बिनी राउण्ड टेबल–१६ को साथमा रहेको उल्लेख गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र कोहारले राउण्ड टेबलले विद्यालयलाई सहयोग गर्नु प्रशंसनीय रहेको बताउदै आगामी दिनमा पनि सहयोगलाई जारी राख्न आग्रह गर्नुभयो । राउण्ड टेबलका राष्ट्रिय सचिव राहुल अग्रवालले नेपालमा २८ वटा राउण्ड टेबल क्लवबाट शिक्षा, स्वास्थ्य र अन्य सामाजिक कार्य गरिरहेको बताउनुभयो । उहांले वार्षिक २० हजार विद्यार्थीहरुलाई संस्थाले सहयोग गर्दै आएको बताउनुभयो । कार्यक्रममा संयोजक अभिषेक बेरिवाल र विद्यालयका पूर्व प्रधानाध्यापक हेमन्त अधिकारीले पनि आआफ्ना भनाई राख्नुभएको थियो । २०१६ सालमा स्थापना भएको विद्यालयमा हाल २ सय ३० विद्यार्थी अध्ययनरत छन् ।

≪ Previous Post

प्रथम बर्दघाट नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

Next Post ≫

तिलोत्तमा नगर कार्यालयमा एमालेको बोर्ड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क