Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको शँकरनगर सामुदायिक वनमा पदहस्तान्तरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको शँकरनगर सामुदायिक वनमा पदहस्तान्तरण

संसारपोस्ट संवाददाता · १ चैत्र २०७७ · 0
रुपन्देहीको शँकरनगर सामुदायिक वनमा पदहस्तान्तरण
50
SHARES
ShareTweet

समूहको अध्यक्षमा रबिन्द्र उपाध्यक्षमा कमला
तिलोत्तमा, १ चैत । शँकरनगर सामुदायिक बन उपभोक्ता समूह तिलोत्तमा नगरपालिका १—४, रुपन्देहीमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गरिएको छ ।
समूहको २० औं बार्षिक साधारण सभा तथा नवौं अबिधेशनबाट सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई समूहको कार्यालय परिसरमा आज आयोजित कार्यक्रममा पदस्थापन गरिएको हो ।
गत माघ ७ गते सम्पन्न समूहको २० औं साधारण सभा पछि नवौं अबिधेशनबाट चयन हुने पदाधिकारी तथा सदस्यहरुकालागि निर्वाचन समितिले चरणवद्ध रुपमा निर्वाचन कार्यक्रम संचालन गरेको थियो । समूहको विधान अनुसार निर्वाचन समितिले समूहका ९ वटा ब्लकबाट ३११ जना पार्षदको निर्वाचन गरी निर्वाचित पार्षद मध्येबाट ९ जना ब्लक संयोजक (कार्यसमिति सदस्य), चार जना पदाधिकारी र तीन सदस्यीय लेखा समिति निर्वाचन प्रक्रिया मार्फत सर्वसम्मत चयन गरेको हो ।
निर्वाचन मार्फत आगामी ५ बर्षे कार्यकालका लागि समूहको अध्यक्षमा रबिन्द्र बस्नेत, उपाध्यक्षमा कमला ज्ञवाली, सचिवमा कालिका अधिकारी, कोषाध्यक्षमा भुवन आचार्य तथा कार्यसमिति सदस्यमा कमला केसी, डोरबहादुर पुन, मिनप्रसाद देवकोटा, तुल्सी न्यौपाने गौतम, लालबहादुर भण्डारी, सिता श्रीस, कृष्ण केसी, डोलराज ज्ञवाली र यमला पन्त निर्वाचित हुनुभएको छ । यस्तै समूहको लेखा संयोजकमा गोविन्द प्रसाद अर्याल तथा सदस्यहरुमा गोविन्द प्रसाद शर्मा र खिमा गुरुङ निर्वाचित हुनुभएको छ ।
नवनिर्वाति पदाधिकारी, सदस्य, लेखा समिति र पार्षदहरुलाई निर्वाचन समितिका संयोजक मिनप्रसाद पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुका साथै निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
निर्वाचन प्रक्रियाका लागि पोखरेलको संयोजकत्वमा टेक बहादुर थापा, कृष्ण बहादुर राना र सहायक वन अधिकृत बलराम पोखरेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । सोही अवसरमा वनका निवर्तमान अध्यक्ष राम गिरी, सचिव ईन्दु थापा र कोषाध्यक्ष काँशीराम काफ्ले र लेखा संयोजक ठाकुर ढकालले नवनिर्वाचत पदाधिकारीलाई माइन्युट तथा चेक प्रदान गरी पद हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सामुदायिक वनको सम्पुर्ण कार्यकारी अधिकार समूदायमा निहित रहनेहुनाले यसको संरक्षण र विकासमा पनि समूदायनै क्रियाशिल हुनुपर्ने धारणा राख्नुभयो । निर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै प्रमुख घिमिरेले सामुदायिक वनको दिगो ब्यवस्थापनका लागि सघीय सरकार र तिलोत्तमा नगरपालिकाले बजेट विनियोजन गरेको जानकारी गराउंदै नगरपालिकासंग समन्वय गरेर वजेटको सहि परिचालन गर्न समितिलाई आग्रह गर्नुभयो ।
सो अवसरमा एमाले तिलोत्तमा नगर इन्चार्ज मोहन चापागाई, नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष भोम बहादुर बुढालगायतले बोल्दै स्थानीय समुदायको सहभागिता र योगदान विना वन क्षेत्रको सफल संरक्षण र स्रोतको ब्यवस्थापन हुन नसक्ने वताउनु भयो । वनको दिगो ब्यवस्थापन, संरक्षण र विकासका लागि सबैको सहकार्यको आवश्यक्तालाई बोध गरेर सबै राजनीतक दलको पहलमा सबैको प्रतिनिधित्व र सबैले अपनत्व महशुस गर्ने गरी समावेसी नेतृत्व चयन गरिएको बताउनु भयो ।

≪ Previous Post

राष्ट्रपति रनिङ्ग शिल्डमा नौं स्वर्ण सहित डाँडाजोरको मणिसंगम प्रथम

Next Post ≫

प्रथम बर्दघाट नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क