Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राष्ट्रपति रनिङ्ग शिल्डमा नौं स्वर्ण सहित डाँडाजोरको मणिसंगम प्रथम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राष्ट्रपति रनिङ्ग शिल्डमा नौं स्वर्ण सहित डाँडाजोरको मणिसंगम प्रथम

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७७ · 0
राष्ट्रपति रनिङ्ग शिल्डमा नौं स्वर्ण सहित डाँडाजोरको मणिसंगम प्रथम
90
SHARES
ShareTweet

नवलपरासी, २९ फागुन । पूर्वी नवलपरासीमा शुक्रबारदेखि १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको फाइनल खेलहरु कावासोतीमा भएको छ । पूर्वी नवलपरासीमा भएको १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ९ स्वर्ण र २ रजत पदक सहित विनयी त्रिवेणी डाँडाजोरको मणिसंगम मावि जिल्ला प्रथम भएको छ । कावासोती १४ जनता मावि त्रिभूवनटारमा भएको फाइनल प्रतियोगितामा मध्यविन्दु बहुमुखी कलेज कावासोती ४ स्वर्ण र १ रजत सहित द्वितीय भएका छन् । त्यसैगरी जनता मावि त्रिभुवनटार ३ स्वर्ण १ रजत सहित तृतीय भएका छन् । प्रतियोगितामा नवलपुरका ८ वटा पालिकाबाट पालिकास्तरको छनौट खेलबाट विजेता र उपविजेता बनेकाहरुको सहभागिता रहेको थियो ।
शुक्रबार र शनिबारगरी दुई दिनसम्म चलेको प्रतियोगितामा जनता मावि बेलुवा २ स्वर्ण, २ रजत सहित चौथो, भानुदय नमुना मावि दुम्किबास २ स्वर्ण, १ रजत र १ कास्य सहित पाँचौ, मुकुन्दसेन इङ्गलिस बोर्डिङ स्कूल २ स्वर्ण, १ रजत र १ कास्य सहित छैठौं र सिद्धार्थ बोर्डिङ स्कूल २ स्वर्ण र १ कास्य पदकको साथमा सातौं भएको छ ।
कावासोती १४ त्रिभुवनटारमा रहेको जनता माविमा शुरु भएको
प्रतियोगिताको संघीय सांसद तिलक महतले खेल प्रशिक्षक सेतमान पुनलाई भलिबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रतियोगिता २८ र २९ गते दुई दिनसम्म सञ्चालन भएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सदस्य विष्णु लामिछाने, शिक्षा तथा समन्वय ईकाई कार्यालय नवलपुरका ईकाई प्रमुख कृष्णचन्द्र पोखरेल लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेको अध्यक्षतामा भएको कार्यक्रम विभिन्न राजनीतिक दलका प्रतिनिधि विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, खेलाडी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । यसैबीच अर्को बर्षको प्रतियोगिता मणिसंगम विद्यालयमा हुने छ ।

≪ Previous Post

लाफा समुहले गर्यो ब्लड क्यान्सर र मृगौला पीडितलाई सहयोग

Next Post ≫

रुपन्देहीको शँकरनगर सामुदायिक वनमा पदहस्तान्तरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क