Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिसिआईले माइक्रोसफ्ट अफिस वल्र्ड च्याम्पियनसिप गर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिसिआईले माइक्रोसफ्ट अफिस वल्र्ड च्याम्पियनसिप गर्ने

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७७ · 0
सिसिआईले माइक्रोसफ्ट अफिस वल्र्ड च्याम्पियनसिप गर्ने
60
SHARES
ShareTweet

बुटवल, २९ फागुन । बुटवलमा रहेको सिसिआईले माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप गर्ने भएको छ । प्रतियोगिताबारे जानकारी दिन रुपन्देहीका विद्यालय तथा क्याम्पसमा अध्यापनरत कम्प्युटर शिक्षकहरु तथा प्रिन्सिपलहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । लुम्बिनी अञ्चलकालागि आधिकारिक संस्थाका रुपमा सिसिआईले प्रतियोगिताको समन्वय गर्न लागेको हो ।
संस्थाका प्रबन्ध निर्देशक राजु थापाको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा प्रशिक्षक दिनेश लामिछानेले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेल, एम्स कलेजका प्रमुख दिपक ढकाल लगायतले बोल्दै संस्थागत सहकार्यका लागि प्रतिवद्धता जनाउनुभयो ।
अफिसहरुमा प्रयोगमा आउने सफ्टवयरहरु माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरप्वाइन्टका अनलाईन विधिबाट निःशुल्क तालिम दिई प्राप्त गरेको सिप परिक्षण गर्ने र प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई जिल्लागत तथा राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराई उत्कृष्टलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि गराईनेछ । जिल्लागत रुपमा उत्कृष्ट हुनेले नगद १५ हजार, राष्ट्रिय रुपमा उत्कृष्ट हुनेले ५० हजार र अन्तर्राष्ट्रिय तहमा उत्कृष्ट हुनेले ७ हजार अमेरिकी डलर, प्रमाणपत्र, ट्रफी र छात्रवृत्ति प्राप्त गर्नेछन् ।
यस प्रतियोगितामा विश्वका १ सय ३५ देशका विद्यार्थीहरुले सहभागिता जनाउने छन् । प्रतियोगितालाई स्थानीय स्तरमा लुम्बिनी अञ्चलका ६ वटा जिल्लाहरु रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, गुल्मी र पाल्पाकालागि सहजिकरणको आधिकारिक्ता सिसिआई बुटवलले प्राप्त गरेको छ ।
विद्यार्थीहरुलाई प्रतियोगितामा समावेस गराउने र पुरस्कार जित्न अभिप्रेरित गर्ने मात्र नभई उनीहरुलाई जागिरको अवसर प्राप्त गर्न र उच्च शिक्षामा सफलता हासिल गर्न समेत सहयोग गर्नु प्रतियोगिताको उद्धेश्य रहेको प्रबन्ध निर्देशक थापाले बताउनुभयो ।जिल्ला स्तरीय प्रतियोगिताकालागि संस्थाले सम्पूर्ण तयारी पुरा गरिसकेको र लुम्बिनीअञ्चलकाछ वटै जिल्लामागएर सहभागीहरु छनौटगरिने थापाले जानकारी दिनुभयो ।

आगामी वैशाख २४ देखि जेठ ८ गते सम्ममा जिल्ला स्तरीय, जेठ २३ देखि २८ गते सम्ममा राष्ट्रिय र साउन १७ देखि २० गते सम्म अन्तर्राष्ट्रिय सबै प्रतियोगिता सम्पन्न हुनेछन् ।
कम्तिमा १३ वर्ष पुरा भएको र २२ वर्ष नकाटेको जोकोही नेपाली नागरिक प्रतियोगितामा सहभागि हुन सक्नेछन् । जिल्ला स्तरीय प्रतियोगितामा छनौट भएका प्रतिस्पर्धीहरु राष्ट्रिय प्रतियोगितामा छनौट हुनेछन् । च्याम्पियनसीपका लागि ७७ वटै जिल्लाका ४ सय ६२ जना प्रतिस्पर्धिबीच राष्ट्रिय रुपमा अन्तिम प्रतिस्पर्धा हुनेछ । त्यसबाट छनौट भएका ६ जना उत्कृष्ट प्रतियोगीहरु (प्रत्येक विधाका २ जना) इन्टरनेशनल च्याम्पियनसिपको लागि स्वतः छनौट हुनेछन् । उनीहरु माइक्रोसफ्टद्धारा अमेरिकाको ओर्लान्डो र फ्लोरिडामा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा सहभागि हुनेछन् । यस प्रतियोगितामा नेपालका हिमाल श्रेष्ठले सन २०१३ मा वल्र्ड च्याम्पियनको उपाधि हासिल गरिसकेका छन् ।

≪ Previous Post

रुपन्देही सुपरलिगको उपाधि वेष्टर्न क्रिकेट क्लवलाई

Next Post ≫

लाफा समुहले गर्यो ब्लड क्यान्सर र मृगौला पीडितलाई सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क