Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही सुपरलिगको उपाधि वेष्टर्न क्रिकेट क्लवलाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही सुपरलिगको उपाधि वेष्टर्न क्रिकेट क्लवलाई

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७७ · 0
रुपन्देही सुपरलिगको उपाधि वेष्टर्न क्रिकेट क्लवलाई
60
SHARES
ShareTweet

प्रकाश न्यौपाने
भैरहवा, २९ फागुन । लिग सुरु भएको दुई दशकपछि वेष्टर्न क्रिकेट क्लबले रुपन्देही सुपर लिगको उपाधि जितेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपर लिगमा न्यू होराइजन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वेष्टर्नले पहिलोपल्ट उपाधि जितेको हो । जितसँगै उसले नगद ८० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त बुझाएको होराइजनले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ ।
खराब मौसमका कारण ३० ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको होराइजनले ९ विकेटको क्षतिमा १ सय ६ रन बनायो । वेष्टर्नले २८ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरी जित निकाल्यो । ९ रनमा पहिलो विकेट गुमाएको वेष्टर्न सुरुवात्मै निकै दवावमा परेको थियो । दोस्रो विकेटका लागि देव खनाल र उत्तम थापाले ६५ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याएका थिए ।
७८ रनमा ४ विकेट गुमाएको वेष्टर्न अजय कौशिल्या र एकेन्द्र कुंवरको जोडी जमेपछि उनीहरुले नै टिमलाई जित दिलाए । उसका लागि देव खनालले सर्वाधिक ४४, उत्तम थापाले २६, एकेन्द्र कुंवरले २२ र अजय कौशिल्याले २२ रन जोडे । होराइजनका गोविन्द केसीले २ तथा तुलबहादुर थापाले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरी ३३ रनमा पहिलो विकेट गुमाएको होराइजनको त्यसपछि कुनै खेलाडीले राम्रो साझेदारी गर्न सकेनन् । उसका लागि विशाल खत्रीले सर्वाधिक २३ रन बनाए । सुमित पराजुलीले १८, अमर मिश्राले १३, शक्ति गौचन र गोविन्द केसीले समान १०÷१० रन बनाए । होराइजनलाई सस्तैमा रोक्न वेष्टर्नका हरजित सिंह, देव खनाल र राहुल कुमारले २÷२ विकेट तथा अभिषेक गौतम, एकेन्द्र कुंवर र विवेक पराजुलीले समान १÷१ विकेट लिए ।

देव खनाल म्यान अफ द फाइनल भई ५ हजार रुपैयाँ हात पारे । लिगमा वेष्टर्नका राहुल कुमारले म्यान अफ द सिरिजको उपाधि प्राप्त गरी १५ हजार रुपैयाँबाट पुरस्कृत भए । उनी उत्कृष्ट ब्याट्सम्यान समेत भए र ५ हजार रुपैयाँ प्राप्त गरे । लुम्बिनी खुकुरीका अजय लोनिया उत्कृष्ट बलर भई ५ हजार रुपैयाँ प्राप्त गरे भने लिगमा उत्कृष्ट प्रदर्शन गरेका होराइजनका पुरुषोत्तम भट्टराई उदीयमान खेलाडी हँुदै ५ हजार रुपैयाँबाट पुरस्कृत भए । उपाधि विजेता र उपविजेता खेलाडीहरुलाई पूर्वमन्त्री दीपक बोहरा, आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्ल लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

≪ Previous Post

श्रृङ्गेश्वर धामको चौथो साधारण सभा तथा दोस्रो अबिधेशन सम्पन्न

Next Post ≫

सिसिआईले माइक्रोसफ्ट अफिस वल्र्ड च्याम्पियनसिप गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क