Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ श्रृङ्गेश्वर धामको चौथो साधारण सभा तथा दोस्रो अबिधेशन सम्पन्न
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

श्रृङ्गेश्वर धामको चौथो साधारण सभा तथा दोस्रो अबिधेशन सम्पन्न

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७७ · 0
श्रृङ्गेश्वर धामको चौथो साधारण सभा तथा दोस्रो अबिधेशन सम्पन्न
90
SHARES
ShareTweet

धामलाई नमुना धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिने
तिलोत्तमा, २९ फागुन । गुल्मेली सम्पर्क समाज रुपन्देहीको अगुवाईमा रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गरनगरमा स्थापित श्रृङ्गेश्वर धामको चौथो साधारण सभा तथा दोस्रो अबिधेशन आज सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आकर्षक धार्मिक पर्यटन क्षेत्रको रुपमा स्थापित श्रृङ्गेश्वर धाममा अब ब्यवस्थित परिचालन र दीगो ब्यवस्थापनको जरुरी रहेको वताउनु भयो । रमणिय क्षेत्रको रुपमा विकसित हुंदै गैरहेको तिलोत्तमा नगरपालिकामा ग्रीनरी सहितको तिनाउ करिडोर निर्माण संगै धामको महत्व अझ बढेर जाने भन्दै नगर प्रमुख घिमिरेले धामको विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गरिहने प्रतिवद्धता जनाउनु भयो । तिनाउ नदीको दुबै किनारमा २५ मिटर सडक निर्माणका लागि बजेटको सुनिश्चितता भैसकेको समेत उहांले बताउनु भयो ।

धामका सल्लाहाकार टिकाराम घिमिरेले रुपन्देहीका १५ आकर्षक धार्मिक पर्यटकीय क्षेत्र मध्ये श्रृङ्गेश्वर धाम पनि एक रहेको वताउदै धाम सबैले अपनत्व गर्ने ठाउंको रुपमा विकसित भएको बताउनु भयो । धामका संचालकहरुले पारदर्शी, मितब्ययी र आर्थिक अनुशासनमा रहेर काम गरेकाले दाताहरुले निरन्तर सहयोग गरिरहेको उल्लेख गर्नुभयो ।
पूर्व प्रशासक बालकृष्ण पन्थीले मानिसले समाज र राष्ट्रका लागि गरेको योगदान सधै र सबैका लागि हुने भन्दै धाममा आउंदा पवित्र धार्मिक स्थलमा पुगेको अनुभूति भएको भन्दै आफुले पनि धामको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
गुल्मेली सम्पर्क समाजका अध्यक्ष एबं धामका प्रमुख संरक्षक ई. हिराबहादुर भलामीले धाममा भएको तिब्र विकास र दाताहरुको सहयोगमा निर्माण भएका मठ मन्दिर तथा अन्य संरचनाले धामको महत्वलाई बढाएको बताउनु भयो ।
धामका अध्यक्ष ऋषि भण्डारीले तिलोत्तमा नगरपालिको सुन्दर गहनाको रुपमा रहेको धामलाई नमुना धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरी देशभर प्रचार प्रसार गरेर बाहिरी जिल्लाबाट रुपन्देही आउने नागरिकलाई यस धामको भ्रमण गराउने लक्ष सहित काम भैरहेको जानकारी गराउनु भयो ।
साधारण सभामा धाम परिसरमा निर्माण भएको जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष खेमराज पुन, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष नरिश्वर पौडेल, डिङ्गर माता माई टोल विकास संस्थाका अध्यक्ष कोषबहादुर बस्नेत, धामका उपाध्यक्ष यदुनाथ पाण्डे, सचिव केशबराज पोख्रेल, कोषाध्यक्ष गणेश प्रसाद न्यौपानेलगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । सोही अवसरमा धामका सल्लाहाकार पशुपति घिमिरेलाई जन्मोत्सवको शुभकामना ब्यक्त गरिएको थियो भने धामका संस्थापक मोतिलाल भण्डारीले जेष्ठ नागरिक मिलन केन्द्रको अक्षय कोषका लागि दुई लाख प्रदान गर्नुभएको थियो ।
धामको अध्यक्षमा पुन भण्डारी
रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गरनगरमा स्थापित श्रृङ्गेश्वर धामको अध्यक्षमा पुन ऋषि भण्डारी चयन हुनुभएको छ ।
आज सम्पन्न धामको चौथो साधारण सभा तथा दोस्रो अबिधेशनले भण्डारीको अध्यक्षतामा सर्वसम्मतरुपमा ११ सदस्यीय समिति चयन गरेको हो । अबिधेशनबाट धामको उपाध्यक्षमा जे. पी. कँडेल, सचिवमा केशवराज पोख्रेल, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहसचिवमा रबिलाल पोख्रेल चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा लक्ष्मण अर्याल, तुलसीराम कँडेल, नेत्रप्रसाद ज्ञवाली, सावित्रा खत्री, पुष्पा गौतम र हेमबहादुर थापा चयन हुनुभएको निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

≪ Previous Post

होटेल दा फ्लामिंगोको सफ्ट ओपेनिङ

Next Post ≫

रुपन्देही सुपरलिगको उपाधि वेष्टर्न क्रिकेट क्लवलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क