Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ होटेल दा फ्लामिंगोको सफ्ट ओपेनिङ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

होटेल दा फ्लामिंगोको सफ्ट ओपेनिङ

संसारपोस्ट संवाददाता · २७ फाल्गुन २०७७ · 0
होटेल दा फ्लामिंगोको सफ्ट ओपेनिङ
50
SHARES
ShareTweet

बुटवल, २७ फागुन । बुटवलमा तीनतारे स्तरको होटेल दा फ्लामिङ्गो’को सफ्ट ओपेनिङ भएको छ । ‘तपाईको दोस्रो घर’ नारा सहित बुटवलको योगिकुटीमा करिब १० कठ्ठा क्षेत्रफलमा स्थापित होटेलको शिवरात्री पर्वको अवसर पारेर सफ्ट ओपेनिङ भएको हो । होटेलका सञ्चालक दिलिप गौचनका बुबा उद्योगी लालबहादुर गौचनले होटेलको उद्घाटन गर्नुभएको हो । सफ्ट ओपनिङ संगै होटेलका ५२ मध्ये ३९ कोठाको बुकिङ शुरु भएको र लाफेवा तथा भर्टिगो गरी दुई वटा रेष्टुरेन्ट पनि सञ्चालनमा आएका होटेलका महाप्रबन्धक काँशि अधिकारीले बताउनुभयो । होटेलको ग्राण्ड ओपनिङ नेपाली नयाँ वर्ष २०७८ को अवसर पारेर गर्ने योजना रहेको छ ।
युवा उद्यमी दिलिप गौचन र श्याम शेरचनको झण्डै २० करोड लगानीमा सञ्चालनमा आएको होटलले आन्तरिकसंगै लुम्बिनी भ्रमणमा आउने विदेशी र बौद्धिष्ट पर्यटकहरुलाई आकर्षित गर्ने लक्ष्य राखेको छ । होटलमा ४ सय जना क्षमताको ब्याङ्क्वीट हल तथा सय जना र ३० जना क्षमताका २ वटा कन्फ्रेन्स हल, स्विमिङ पुल, जिम, स्पा, साउना, स्टिम बाथ, बुटवलको दृश्य अवलोकन गर्न सकिने रुफटप बार लगायतका सेवा उपलब्ध रहेका सञ्चालक दिलिप गौचने बताउनुभयो । गौचनका अनुसार होटलमा थकाली संस्कृति झल्काउने विशेषता र परिकार पनि रहने छन् । होटेलमा हाल ४० जनाले रोजगारी पाएका छन् भने पूर्ण क्षमतामा सञ्चालनमा आउंदा ७५ जनाले रोजगारी पाउने छन् ।

≪ Previous Post

रुपन्देही सुपरलिग : वेष्टर्न क्रिकेट क्लव फाइनलमा

Next Post ≫

श्रृङ्गेश्वर धामको चौथो साधारण सभा तथा दोस्रो अबिधेशन सम्पन्न

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क