Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही सुपरलिग : वेष्टर्न क्रिकेट क्लव फाइनलमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही सुपरलिग : वेष्टर्न क्रिकेट क्लव फाइनलमा

संसारपोस्ट संवाददाता · २७ फाल्गुन २०७७ · 0
रुपन्देही सुपरलिग : वेष्टर्न क्रिकेट क्लव फाइनलमा
70
SHARES
ShareTweet

प्रकाश न्यौपाने
भैरहवा, २७ फागुन । अघिल्लो वर्षको विजेता लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई पराजित गर्दै भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा वेष्टर्न क्रिकेट क्लब फाइनलमा प्रवेश गरेको छ । बिहीबार सेमिफाइनलमा वेष्टर्नले खुकुरीलाई ५ रनले पराजित गरेको हो । वेष्टर्नले २९ गते शनिबार फाइनलमा न्यू होराइजन क्रिकेट क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरमध्ये ४३.१ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको योगफल बनायो । उसका लागि राहुल कुमारले ९२ बलमा ८ चौका र ३ छक्काको मद्दतमा ८२ रन बनाए । यस्तै भुवन पाण्डे र एकेन्द्र कुँवरले ११÷११ रन बनाए । बलिङमा खुकुरीका अजयकुमार लोनियाले ४, दुर्गेश गुप्ताले ३, श्रीकान्त केवटले २ र शैलेष श्रीवास्तवले १ विकेट लिए ।
जवाफी व्याटिङ गरेको खुकुरीले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै १४५ रन मात्रै बनायो । उसका लागि निश्चल चौधरीले ३३, प्रज्वल थापाले १३, शैलेश श्रीवास्तव र सजाद आलमले ११÷११ तथा दुर्गेश गुप्ताले नटआउट १० रन बनाए । बलिङमा वेष्टर्नका अभिषेक गौतमले १० ओभरमा ३ मेर्डन राख्दै २७ रन खर्चेर ६ विकेट लिए । उनी म्यान अफ द म्याच भए । यस्तै, हरिजत सिंह, विवेक पराजुली, एकेन्द्र कुँवर र देव खनालले समान १÷१ विकेट लिए ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५÷५ हजार रुपैयाँ प्रदान गरिने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताउनुभयो ।

≪ Previous Post

आज महाशिवरात्री पर्व, शिवालय मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो

Next Post ≫

होटेल दा फ्लामिंगोको सफ्ट ओपेनिङ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क