Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आज महाशिवरात्री पर्व, शिवालय मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज महाशिवरात्री पर्व, शिवालय मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो

संसारपोस्ट संवाददाता · २७ फाल्गुन २०७७ · 0
आज महाशिवरात्री पर्व, शिवालय मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
70
SHARES
ShareTweet

बुटवल, २७ फागुन । आज महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभर मनाइँदैछ । यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी नजिकका शिवालयमा गई श्रद्धाभक्तिपूर्वक भगवान शिवको पूजा–आराधना गर्दछन् ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानुनपर्ने धार्मिक विश्वास छ ।
महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागमा रहेका शिवालय मन्दिर तथा शिवधामहरुमा दर्शनार्थीहरुको घुइँचो लागेको छ ।
आज पशुपति नाथ मन्दिर तथा रुपन्देही र पाल्पामा अवस्थित सिद्धबाबा मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
श्रृँगेश्वर धाममा विशेष पूजा अर्चना

महाशिवरात्रि पर्वको अवसरमा पवित्र धार्मिक स्थल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर ४ मा अवस्थित श्रृङ्गेश्वर धाममा विहानै देखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । विहान चार वजेदखिनै विभिन्न क्षेत्रबाट आएका भक्तजन तथा दर्शनार्थीहरुले लामवद्ध भई पशुपतिनाथ मन्दिरमा रहेको शिवलिङ्गमा जलार्पणका साथै पुजाअर्चना गरेका धामका अध्यक्ष ऋषि भण्डारीले जानकारी गराउनु भयो । भक्तजनहरुले धाम भित्ररहेको कैलाशकुट पर्वत, ७३ फुट अग्लो त्रिशुल, १०८ शिव लिङ्ग, १०८ पिपल, शनिदेवको मन्दिर लगायतका मन्दिरमा पुजा अर्चना गरेका थिए । यस्तै धाममा गायक ओम ज्ञवालीको नेतृत्वमा भजन किर्तन गरिएको छ भने नेत्र ज्ञवालीको संयोजकत्वमा पुजा ब्यवस्थापन समिति र यदुनाथ पाण्डेको संयोजकत्वमा सवयंसेवक ब्यवस्थापन समिति गठन गरी महाशिवरात्री पर्वलाई ब्यवस्थित र दर्शर पुजाआजका लगि आएका भक्तजनहरुलाई पालैपालो अनुशासित ढंगले पुजाअर्चनाको ब्यवस्था मिलाईएको धामका सचिव केशव पोख्रेलले वताउनु भयो । ।
यस्तै महा शिवरात्रीको अवसरमा पण्डितहरुको ब्यवस्थापन गरी आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरिएको छ ।
गुल्मेली सम्पर्क समाज रुपन्देहीको पहलमा तत्कालिन शँकरनगर गाविसले समाजलाई उक्त स्थानमा करिव १८ कट्ठा सार्वजनिक जग्गा उपलब्ध गराएको र वि सं २०७३ सालमा श्रृँङ्गेश्वर धामको अवधारणा अनुसार जग्गामा कम्पाउण्ड वाल लगाउने तथा विभिन्न मठ मन्दिर निर्माणको काम अगाडी बढाईएको समाजका अध्यक्ष इ. हिराबहादुर भलामीले वताउनु भयो । अहिले विभिन्न दाताहरुको सहयोगमा पशपति नाथ मन्दिर, पशुपति सदन (सभाहल), कैलाशकुट पर्वत, सवैभन्दा अग्लो त्रिशुल, १०८ शिव लिङ्ग, हवन कुण्ड, शनिदेवको मन्दिर तथा ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माण गरिएको छ । अहिले पनि धामलाई थप ब्यवस्थित र धार्मिक पर्यटकीय स्थलका रुपमा स्थापित गर्ने गरी विभिन्न भौतिक निर्माणका कामहरु निरन्तर भैरहेका छन् । धाम भित्ररहेका मन्दिरहरुमा नित्य पुजाआजाका लागि एक जना पण्डितको ब्यवस्था गरिएको छ । यस्तै धाममा विभिन्न चाडपर्वको अवसरमा विभिन्न धार्मिक कार्यक्रम गरिनुका साथै ब्यक्तिविशेषले समेत आफ्ना धार्मिक कार्यक्रम गर्नेगरेका छन् ।
सिद्धेश्वर महादेब मन्दिरमा पूजाअर्चना

यस्तै महाशिवरात्रि पर्वको अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिका २ मा रहेको सिद्धेश्वर महादेब मन्दिरमा पूजाअर्चना साथै अखण्ड भजनकृतन गरिएको छ ।
महा शिवरात्रीको अवसरमा आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गर्नुका साथै मन्दिर परिसरमा अखण्ड भजन किर्तन गरिएको सिद्धेश्वर महादेब मन्दिरका अध्यक्ष खिलबहालुर पौडेलले जानकारी दिनुभयो ।
बि.स. २०५४ सालमा लक्ष्मण पौडेलले स्थापना गर्नुभएको सिद्धेश्वर महादेब मन्दिर २ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । यस्तै मन्दिरमा दुई जना पण्डितबाट दैनिक नित्य पुजाआजाका साथै हरेक एकादशी र सोमबार भजन कृतन हुनेगरेको छ ।
सडक र कुलोको विचमा रहेको खाली जमिनमा निर्माण गरिएको सिद्धेश्वर महादेब मन्दिर पुननिर्माण गरि थप ब्यबस्थित गरिएको मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष लोकनाथ ज्ञवालीले जानकारी दिनुभयो ।

≪ Previous Post

तिलोत्तमाका सबै वडामा चैत १ देखि कोरोना विरुद्धको खोप

Next Post ≫

रुपन्देही सुपरलिग : वेष्टर्न क्रिकेट क्लव फाइनलमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क