Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाका सबै वडामा चैत १ देखि कोरोना विरुद्धको खोप
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाका सबै वडामा चैत १ देखि कोरोना विरुद्धको खोप

संसारपोस्ट संवाददाता · २७ फाल्गुन २०७७ · 0
तिलोत्तमाका सबै वडामा चैत १ देखि कोरोना विरुद्धको खोप
90
SHARES
ShareTweet

तिलोत्तमा, २७ फागुन । तिलोत्तमा नगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान यही चैत १ गतेबाट सुरु हुँदैछ । नगरका सबै वडामैं खोप केन्द्र कायम गरी कोरोना विरुद्धको खोप अभियान चलाउने तयारी भैरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
तिलोत्तमा नगरपालिकाभित्र हाल १७ वटा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा छन् । जनप्रतिनिधिहरुसँगको परामर्शको आधारमा नगरबासीको सहजताको लागि हरेक वडामा खोप केन्द्र निर्धारण गरिएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले जानकारी दिनुभयो ।
फागुन २३ गतेदेखि मुलुकभर सञ्चालन भएको दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत् तिलोत्तमामा चैत १ गतेदेखि सुरु हुने खोप अभियान चैत ३ गतेसम्म चल्नेछ । अभियान अन्तर्गत् ६५ वर्ष उमेर पुगेका नगरभित्रका झण्डै दश हजार ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाउने नगरपालिकाको अनुमान छ ।
नगर प्रमुख बासुदेव घिमिरेले उमेर खुल्ने सरकारी कागजातसहित आफ्नो नजिकको खोप केन्द्रमा पुगी खोप लगाउन सबै नगरबासीलाई अनुरोध गर्नुभएको छ । विश्व स्वास्थ्य संगठन समेतले प्रयोग अनुमति दिएको खोप लगाईं कोभिड–१९ बाट सुरक्षित रहन उहाँले सबै नगरबासीलाई आह्वान गर्नुभयो । निःशुल्क पाइने खोप सुरक्षित रहेको र खोपले जीवन रक्षा गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
स्वास्थ्य शाखाले जनप्रतिनिधिहरुको साथैं स्वास्थ्य संस्था ईञ्चार्जहरुसँग खोप अभियानको तयारी र स्थानीय स्तरमा गर्नुपर्ने कार्यसम्पादनको बारेमा छलफल गरिसकेको शाखा प्रमुख मोती पौडेलले जानकारी दिनुभयो । त्यसक्रममा नगर प्रमुख घिमिरेले खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिँदै जनस्वास्थ्यको संवेदनशीलतालाई ख्याल राख्न आग्रह गर्नुभयो । अभियानलाई सफल बनाउन जनप्रतिनिधिहरु प्रतिबद्ध भएर लाग्ने बताउँदै उहाँले कोरोना महामारीको समयमा जनप्रतिनिधिसँगै स्वास्थ्यकर्मी र जनस्तरबाट भएको समन्वय र सहकार्यको स्मरण गर्नुभयो ।
नगरका स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्रहरुमा खोप कार्यक्रम सञ्चालन हुनेछ । मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह (सुगर), शिकलसेल, एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरुले यो खोप लिन जरुरी रहेको बताइन्छ ।
कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन् । यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जान्छन् ।

≪ Previous Post

बुटवल उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको पदस्थापन

Next Post ≫

आज महाशिवरात्री पर्व, शिवालय मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क