Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ संगीत रोयल्टीलाई अनिवार्य गर्न सकिदैन : लुम्विनी प्रदेश सरकार
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संगीत रोयल्टीलाई अनिवार्य गर्न सकिदैन : लुम्विनी प्रदेश सरकार

संसारपोस्ट संवाददाता · २५ फाल्गुन २०७७ · 0
संगीत रोयल्टीलाई अनिवार्य गर्न सकिदैन : लुम्विनी प्रदेश सरकार
90
SHARES
ShareTweet

बुटवल, २५ फागुन । प्रतिलिपि अधिकार तथा संगीत रोयल्टीलाई प्रदेश सरकारहरुले कडाईका साथ लागुगर्न माग गरिरहेका समयमा लुम्बिनी प्रदेश सरकारले संगीत रोयल्टी उठाउने विषय चुनौती पूर्ण रहेको बताएको छ ।
मानिसको चलअचल सम्पती सरह संगीत र सर्जकहरुको सम्पती उनीहरुले सृजना गरेका गीत संगीत नै वौद्धिक सम्पती हुनभन्दैै त्यसको प्रयोग गरेवापत रोयल्टी असुलीगर्न सर्जकहरुले सरकारसंग माग गरिरहेका छन् ।
नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालय र संगीत रोयल्टी संकलक समाजको सम्युक्त आयोजनामा बुटवलमा आयोजित प्रतिलिपी अधिकार तथा संगीत रोयल्टी व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रममा सर्जक तथा संगीतकारहरुले प्रदेश सरकारले कानुन बनाएर भएपनि रोयल्टी अशुलीलाई व्यवस्थित गर्न माग गरेका थिए ।
संगीत रोयल्टी संकलन समाजका अध्यक्ष महेश खड्काले संघिय कानुनमा रहेको रोयल्टीको व्यवस्थालाई प्रदेश सरकारले समावेश गर्नुपर्ने माग गर्नुभयो । अध्यक्ष खड्काले नेपालमा बढी रुचाईने गीत संगीत क्षेत्रमा भएको लगानीको मूल्य नपाउदा समस्या भएको र सर्जकहरुको पेशाको सुरक्षाका लागि पनि रोयल्टीलाई कडाईका साथ लागु गराउनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले संगीत रोयल्टीलाई अनिवार्य गर्न नसकिने बताउदै कार्यान्वयनमा चुनौती रहेकोे बताउनु भयो ।
प्रदेश सरकारले संगीत रोयल्टीलाई वार्ताको माध्यमवाट समाधान गरिरहेको र कोरोनाले थला परेका व्यवसायीवाट रोयल्टी अशुलीलाई कडाई गर्दा उत्पन्नहुने परिस्थितिको व्यवस्थापन गर्न सरकारलाई कठिनाई हुने समेत उहांले औंल्याउनु भयो ।
नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयका रजिष्टार विष्णु कुमारी भटृराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका प्रमुख सचिव भरतमणी सुवेदी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे र संघ संस्थाका प्रतिनिधीले रोयल्टीलाई व्यवस्थित बनाउन कानुन निर्माणमा जोड दिनु भएको थियो ।

≪ Previous Post

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशन बुटवलमा हुँदै

Next Post ≫

बुटवल उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको पदस्थापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क