Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशन बुटवलमा हुँदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशन बुटवलमा हुँदै

संसारपोस्ट संवाददाता · २५ फाल्गुन २०७७ · 0
राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशन बुटवलमा हुँदै
90
SHARES
ShareTweet

बुटवल, २५ फागुन । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशन फागुन २८, २९ र चैत १ गते बुटवलमा हुने भएको छ । महाधिबेशनमा सामाजिक तथा राजनैतिक हिसाबले समेत महत्वपूर्ण र सञ्चारमा मोफसलको राजधानीका रुपमा परिचित बुटवलमा देशैभरका ४ सय पत्रकार सहभागि हुनेछन् । दलित पत्रकार संघले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ ।
आयोजकका अनुसार महाधिवेशनको पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
महाधिवेशन उद्घाटन अघि फागुन २८ गते शुक्रबार बिहान ८ बजे पुष्पलाल पार्क, मिलनचोक, राजमार्ग चौराहा हुदै कार्यक्रम स्थल अम्रपाली कटेजसम्म साँस्कृतिक झाँकी सहितको ¥याली निस्कने संघका अध्यक्ष विनोद पहाडीले जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा प्रतिनिसभा सदस्य छविलाल विश्वकर्मा, राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराई, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मिन विश्वकर्मा, राजपाका नेता तथा पूर्वमन्त्री दानबहादुर चौधरी, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष पहाडीले बताउनु भयो ।
बुटवल ऐतिहासिक ठाउँ भएकाले यहाँ हुने कार्यक्रमले विभेद विरुद्ध राष्ट्रिय स्तरमा राम्रो सन्देश दिने समेत अध्यक्ष पहाडीले बताउनुभयो ।
महाधिवेशनमा टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार (डिवी परियार) स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार वितरण गरिने अध्यक्ष पहाडीले जानकारी गराउनु भयो । यसका साथै संघले दलित समुदायका सञ्चारकर्मीहरुका लागि लेखनवृत्ति समेत प्रदान गर्ने छ ।
यसैगरि महाधिवेशनका अवसरमा “आमसञ्चार र समावेशिताको सवाल”, “मिडियामा महिला ः दलित महिला ?” र “दलित आन्दोलन युवा र आम सञ्चार” बिषयमा छुटाछुट्टै कार्यशाला गोष्ठि गर्ने उपाध्यक्ष गोपाल बराईलीले बताउनुभयो । कार्यशालामा नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल, विष्णु निष्ठुरी, बरिष्ठ पत्रकार किशोर श्रेष्ठ, निर्मला शर्मा, रेम विश्वकर्मा, दलित युवा नेता पर्शुराम रम्तेल, गणेश विश्वकर्मा, दुर्गा सोब वक्ताका रुपमा रहनुहुने छ ।
महाधिबेशन समापनका अवसरमा चैत १ मानव अधिकार तथा शान्ति समाजको संयोजन तथा बुटवलबाट प्रकाशन तथा प्रशारण भइरहेका सञ्चार गृहहरुको आयोजनामा देशभरका दलित समुदायका सञ्चारकर्मीहरुको सम्मानमा समता भोजको आयोजना गरिने केन्द्रीय सदस्य विनोद परियारले बताउनुभयो ।

≪ Previous Post

राममणिमा नयाँ भवन शिलन्याश र बृक्षरोपण

Next Post ≫

संगीत रोयल्टीलाई अनिवार्य गर्न सकिदैन : लुम्विनी प्रदेश सरकार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क