Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राममणिमा नयाँ भवन शिलन्याश र बृक्षरोपण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राममणिमा नयाँ भवन शिलन्याश र बृक्षरोपण

संसारपोस्ट संवाददाता · २४ फाल्गुन २०७७ · 0
राममणिमा नयाँ भवन शिलन्याश र बृक्षरोपण
60
SHARES
ShareTweet

मणिग्राम, २४ फाल्गुण । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरिले उच्च गुणस्तरका कारण लुम्बिनी प्रदेशको गहनाका रूपमा रहेको राममणि बहुमुखी क्याम्पसलाई अझ विकास गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
क्याम्पसको ३३ औं वार्षिकोत्सवका अवसरमा नयाँ भवनको शिलान्यास गर्दै मन्त्री गिरिले राममणि नेपालकै उदाहरणीय मध्ये एक क्याम्पसका रूपमा परिचित भएकोमा गर्व लागेको बताउनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले तिलोत्तमाको विशिष्टतामा राममणि क्याम्पसको समेत योगदान रहेको उल्लेख गर्नुभयो । साथै, विगतदेखि नै नगरपालिकाले क्याम्पसको विकाशमा सहयोग गर्दै आएकोमा आगामी दिनमा क्याम्पसको स्तरोन्नतिका लागि सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्यालको सञ्चालनमा भएको वार्षिकोत्सवकै अवसरमा क्याम्पस परिसरमा मन्त्री गिरिसहित, नगरप्रमुख घिमिरे, क्याम्पसका अध्यक्ष पाठक लगायतका अतिथि एवम् विद्यार्थीहरूले फलफुलका विरूवा रोप्नुभएको थियो ।
क्याम्पसका उपाध्यक्ष धु्रवकुमार धितालको स्वागतमा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले वार्षिक प्रतिवेदन पेश गर्दै क्याम्पस स्तरोन्नतिका योजना प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा क्याम्पस सभा सदस्य केशव न्यौपाने, सञ्चालक समितिका सदस्य विष्णुप्रसाद पौडेल, संस्थापक क्याम्पस प्रमुख प्रोफेसर सुदर्शन नेपाल, पूर्व क्याम्पस प्रमुख प्रोफेसर डा. गणेशप्रसाद पाठक, प्राध्यापक संघका सभापति राजेन्द्र थापामगर, कर्मचारी संघका सभापति अम्बिका न्यौपाने लगायतले बोल्नुभएको थियो ।
सोही अवसरमा क्याम्पसको अनुसन्धान समितिले प्रकाशन गरेको डा. खगराज शर्माद्वारा सम्पादित “द जर्नल अफ एकेडेमिक डेभलपमण्ट”को छैटौं अंक र सार्वजनिक सूचना एकाइ समितिले प्रकाशन गरेको गोपाल पन्थीद्वारा सम्पादित वार्षिक मुखपत्र “दीपिका”को सोह्रौं अंक नगरप्रमुख घिमिरेले विमोचन गर्नुभएको थियो ।
उप–प्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको सांस्कृतिक तथा पुरस्काकार वितरण कार्यक्रममा वार्षिक शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार, पदक तथा प्रमाणपत्र सहित सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यार्थीका गीत, कविता, गजल तथा साँस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।

≪ Previous Post

तिलोत्तमामा श्रमिक महिलालाई साईकल वितरण

Next Post ≫

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशन बुटवलमा हुँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क