Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा श्रमिक महिलालाई साईकल वितरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा श्रमिक महिलालाई साईकल वितरण

संसारपोस्ट संवाददाता · २४ फाल्गुन २०७७ · 0
तिलोत्तमामा श्रमिक महिलालाई साईकल वितरण
50
SHARES
ShareTweet

तिलोत्तमा, २४ फागुन । तिलोत्तमा नगरपालिकाले श्रमिक महिलाहरुको लागि साईकल वितरण गरेको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाले ५१ जना श्रमिक महिलाहरुलाई सोमबार साईकल प्रदान गरेको हो । श्रमिक महिलाहरुको सम्मानको साथैं उनीहरुको दैनिकीलाई सहज बनाउन सहयोग पुगोस् भनेर साईकल प्रदान गरिएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले जानकारी दिनुभयो ।
श्रमिकको आर्थिक÷सामाजिक अवस्थाको आधारमा वडा कार्यालयको सिफारिस अनुसार प्रत्येक वडाका ३ जनाको दरले ५१ जनालाई साईकल प्रदान गरिएको नगरपालिकाले जनाएको छ । महिला दिवसको अवसरमा नगरपालिकामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश उपसभामुख कृष्णी थारुले श्रमिक महिलाहरुलाई साईकल हस्तान्तरण गर्नुभयो ।
दिवसकैं अवसरमा नगरपालिकाले ‘महिला सुरक्षा र रोजगार ः समृद्ध तिलोत्तमा निर्माणको आधार’ विषयक वक्तृत्वकला प्रतियोगितामा समेत सम्पन्न गरेको छ । १७ जनाले सहभागिता जनाएको प्रतियोगितामा चन्द्रा घिमिरे प्रथम, देवकी न्यौपाने द्धितीय, गीतारानी बराल तृतीय र कविता ज्ञवाली तथा प्रतिमा पन्तले प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको छ । समुदाय स्तरका महिलाहरुले सहभागिता जनाएको प्रतियोगितामा महिलाहरुले आफूले भोगेका समस्याहरु समेत अभिव्यक्त गरेका थिए । प्रतियोगितामा ऋषिराम भुसाल, माया घिमिरे र मिनाक्षी न्यौपानेले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश उपसभामुख कृष्णी थारुले सकारात्मक व्यवहारले मात्र लैङ्गिक विभेद हट्ने बताउँदै परिवारबाटैं समानता कायम हुनुपर्नेमा जोड दिनुभयो । पहिलेको तुलनामा विभेद धेरै हटेको बताउँदै उहाँले राज्यले बनाएका नीति÷नियमको सहीँ कार्यान्वयनले विद्यमान विभेद पनि हटेर जाने विश्वास व्यक्त गर्नुभयो । तिलोत्तमा नगरपालिकाले समानतामुलक समाज निर्माण र यहाँका महिलाहरुमा उद्यमशीलताको विकास गराउन गरेका कामहरु प्रशंसनीय रहेको चर्चा गर्दै उहाँले सबैको एकताबद्ध प्रयासले मात्र समाजमा समानता कायम हुन सक्ने बताउनुभयो ।
नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमालाई लैङ्गिकमैत्री नगरपालिका बनाउन थालिएको जानकारी गराउँदै महिलाहरुले समान कामको समान ज्याला पाउनुपर्छ भन्नेमा नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले रुदीवादी चिन्तन र व्यहबार त्यागन सकेमात्र समतामूलक समाज निर्माण हुने बताउनुभयो । समान कामको समान ज्याला सम्बन्धी निर्णय तिलोत्तमा नगरपालिकाले यसअघि नैं गरिसकेको बताउँदै उहाँले यस बारेमा नगरपालिकामा कुनै उजुरी नआएको बताउनुभयो । उहाँले कसैले समान कामको समान ज्याला नपाएको भए सप्रमाण उजुरी दिन सम्बद्ध सबैलाई आह्वान गर्नुभयो । महिलाहरुमा सीप विकासको लागि नगरपालिकाले विभिन्न तालिमहरु आयोजना गर्दै आएको बताउँदै उहाँले तालिम लक्षित वर्गमा पुर्याउन पछिल्लो समय फरक अभ्यासबाट अघि बढिएको जानकारी दिनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको स्वागत, ईन्दिरा अर्यालको सञ्चालनमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नगर सचिव लक्ष्मण खनाललगायतले बोल्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ–संस्था, आमा समूह, क्लव, टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

रुपन्देही सुपरलिग : न्यू होराइजन सेमिफाइनलमा

Next Post ≫

राममणिमा नयाँ भवन शिलन्याश र बृक्षरोपण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क