Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही सुपरलिग : न्यू होराइजन सेमिफाइनलमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही सुपरलिग : न्यू होराइजन सेमिफाइनलमा

संसारपोस्ट संवाददाता · २४ फाल्गुन २०७७ · 0
रुपन्देही सुपरलिग : न्यू होराइजन सेमिफाइनलमा
60
SHARES
ShareTweet

प्रकाश न्यौपाने
भैरहवा, २४ फागुन । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘ए’को समूह ‘सी’को खेलमा न्यू होराइजन क्रिकेट क्लबले तिलोत्तमा क्रिकेट क्लबलाई ७४ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । योसँगै लिग चरणका खेल सकिएका छन् भने सेमिफाइनल समिकरण पनि पूरा भएको छ । यसअघि वेष्टर्न क्रिकेट क्लब, बुद्ध क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब सेमिफाइनल पुगिसकेका छन् ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको न्यू होराइजनले निर्धारित ५० ओभरमा अलआउट हुँदै १६७ रनको योगफल बनायो । उसका लागि मनिष थापाले ५०, अमर मिश्राले २३ र रुपेश बश्यालले २१ रन बनाए । बलिङमा तिलोत्तमाका कृष्णप्रसाद भुसालले ४, सन्देश जिसीले २ तथा यम क्षेत्री, विष्णु कटेरिया र कृष्ण पराजुलीले समान १÷१ विकेट लिए ।
जवाफी व्याटिङ गरेको तिलोत्तमाले २२.५ ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमै समेटियो । उसका लागि भुवन गैरेले २३, मनोज सुनार र कृष्ण भुसालले १७÷१७ रन बनाए । बलिङमा उसलाई सस्तैमा रोक्न न्यू होराइजनका शक्तिप्रसाद गौचन, सुमित पराजुली, तुलाराम थापा र पुरुषोत्तम भट्टराईले समान २÷२ तथा गोविन्द केसी र राहुल प्रजापतीले १÷१ विकेट लिए । मनिष थापा म्यान अफ द म्याच भए । बुधबार पहिलो सेमिफाइनलमा न्यू होराइजन क्रिकेट क्लब र बुद्ध क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

≪ Previous Post

रुपन्देही सुपरलिग : वेष्टर्न सेमिफाइनलमा

Next Post ≫

तिलोत्तमामा श्रमिक महिलालाई साईकल वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क