Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही सुपरलिग : वेष्टर्न सेमिफाइनलमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही सुपरलिग : वेष्टर्न सेमिफाइनलमा

संसारपोस्ट संवाददाता · २३ फाल्गुन २०७७ · 0
रुपन्देही सुपरलिग : वेष्टर्न सेमिफाइनलमा
50
SHARES
ShareTweet

प्रकाश न्यौपाने
भैरहवा, २३ फागुन । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन ‘ए’को समूह ‘बी’को खेलमा वेष्टर्न क्रिकेट क्लबले जीआर क्रिकेट क्लबलाई ९८ रनले पराजित गर्दै समूह ‘बी’बाट वेष्टर्न सेमिफाइनल प्रवेश गरेको छ ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २०१ रनको योगफल बनायो । उसका लागि हरजित सिंहले ५९, उत्सव श्रेष्ठले ५० र राहुल कुमारले २१ रन बनाए । बलिङमा जीआरका लागि धिरज शाहीले ४, सिद्धान्त शाहीले २, संदीप सुनार, नितेष थापा र राजवीर सिंहले समान १÷१ विकेट लिए ।
जवाफी व्याटिङ गरेको जीआरले २९.५ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमै समेटियो । उसका लागि अर्जुन गिरीले ३०, नरेश चन ठकुरीले २८ र धिरज शाहीले १६ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नका सन्देश थापा र कमल थापाले ३÷३, राहुल कुमारले २ र विवेक पराजुलीले १ विकेट लिए । हरिजत सिंह म्यान अफ द म्याच भए । सोमबार डिभिजन ‘ए’ को समूह ‘सी’मा रहेका न्यू होराइजन क्रिकेट क्लब र तिलोत्तमा क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

≪ Previous Post

नीति र व्यवस्था फेरिए पनि महिलाको अवस्था फेरिन सकेन

Next Post ≫

रुपन्देही सुपरलिग : न्यू होराइजन सेमिफाइनलमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क