Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नीति र व्यवस्था फेरिए पनि महिलाको अवस्था फेरिन सकेन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नीति र व्यवस्था फेरिए पनि महिलाको अवस्था फेरिन सकेन

संसारपोस्ट संवाददाता · २३ फाल्गुन २०७७ · 0
नीति र व्यवस्था फेरिए पनि महिलाको अवस्था फेरिन सकेन
90
SHARES
ShareTweet

बुटवल, २३ फागुन । महिलालाई सक्षम र आत्मनिर्भर बनाउन नसक्दा कानुनी अधिकार धेरै भएपनि लैंगिक असमानता र हिंसा कायम रहेको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले नीति र व्यवस्था फेरिए पनि महिलाको तात्विक अवस्था फेरिन नसकेको भन्दै गुनासो गरेका छन् ।
सहज परियोजनाको सहयोगमा मधेश मानव अधिकार गृह कपिलवस्तु र सञ्चारिका समूह लुम्बिनीले रुपन्देहीको बुटवलमा आयोजना गरेको महिलाको सुरक्षा सम्मान र रोजगारीमा प्रदेश सरकारका नीति तथा कार्यक्रम विषयक अन्तरक्रियामा बोल्दै सरोकारवालाहरुले विद्यालय शिक्षादेखि नै महिलालाई सवल र सक्षम बनाउदै लैंगिक समानतामूलक काम गर्नेगरी शिक्षा दिन सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले महिला अधिकारका विषयमा प्रशस्त नीति, कानुन र योजना बनेपनि कार्यान्वयनमा जटिलता रहेको बताउनुभयो । महिलाको सवाल महिलाले मात्रै बोल्ने वा अरुको भनेर छोड्दा महिला अधिकारका नीति कार्यान्वयनमा जान नसकेको र महिला सहभागिता भएपनि निर्णायक तहमा पुग्न नसकेको उहाको भनाइ थियो । कार्यक्रममा प्रदेश सभाकी उपसभामुख कृष्णी थारुले संघीयता र तीन तहको सरकारले महिलाका क्षेत्रमा थुप्रै काम गर्न सक्ने भएपनि अपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभयो । अहिलेसम्म प्रदेशको आफ्नै लैंगिक र महिला नीति नभएको बताउदै उहांले अबको प्रदेश सभाबाट महिला अधिकारकालाई समेटेर नीति बनाउन सुझाब दिनुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कानुन सचिव राजेन्द्र थापाले तीन तहकै सरकारले महिलाको सुरक्षा सम्मान र रोजगारीमा नीति तथा कार्यक्रम बनाएपनि यथेष्ट नरहेको बताउनुभयो । लुम्बिनी प्रदेशमा शिक्षामा छात्रवृत्ति, तालिम तथा सीप विकासमा अवसर र सम्मान लगायतका महिला लक्षित बजेट कार्यान्वयनमा रहेको उहांले बताउनुभयो । संघीयतासंगै जिल्ला तहमा रहने महिला तथा बालबालिका कार्यालय नहुदा महिला विकासका कार्यक्रम ओझेलमा परेको र महिला गतिविधि सञ्चालनमा समस्या देखिएको उहांले बताउनुभयो ।
कार्यपत्र प्रस्तुत गर्दै माहुरी होमका विना चौधरीले सहज परियोजनाले महिला सुरक्षा र रोजगारीका क्षेत्रमा विभिन्न काम गरेको जानकारी दिनुभयो । सहज परियोजना अन्तरगत रुपन्देही र कपिलवस्तुका स्थानीय तहमा महिलाको न्यायमा पहुंच पुर्याउने र रोजगारी बढाउने काम भएको उहांको भनाइ थियो ।
प्रदेश सभा सदस्य थानकुमारी थापाले हरेक क्षेत्रमा महिला सहभागिता बढेपनि नेतृत्व र निर्णायक तहमा पुर्याउन अझै आवाज उठाउनुपर्ने बताउनुभयो । प्रदेश सभा सदस्य कमला विश्वकर्माले महिला भित्र पनि समावेशी र सामाजिक रुपमा पिछडिएको वर्गको अवस्था नाजुक भएकाले उनीहरुका आवाज बुलन्द गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्का सदस्य रमा अर्यालले महिलालाई विचरा र अवलाका रुपमा नभइ शिक्षा, सीप, रोजगारी र चेतना प्रवाहमा समताको दृष्टिले अगाडि बढाउनुपर्ने बताउनुभयो । प्रदेश सभा सदस्य पुष्पा थरुनीले घरायसी बोझले थिचिएका महिलालाई माथि उठाउन समतामूलक नीति र कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा माहुरी होम कपिलवस्तुका सदस्य रामविकास चौधरीले महिला पुरुष एक रथको दुइ पाँग्रा भएकाले महिलाको सवाललाई पुरुषले पनि उठाउनुपर्ने बताउनुभयो । उहांले महिला सशक्तिकरणले पुरुषसंगै समाज र देशको विकासमा टेवा पुग्नेभएकाले अबका बहस यसमा केन्द्रित गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सञ्चारिका समूह लुम्बिनीका महासचिव अमृता अनमोल, बुटवल उपमहानगरपालिकाका सामाजिक शाखा प्रमुख तुल्सा अर्याल, सञ्चारिका समूहका माया केसी, निरु गौतम, राष्ट्रिय अपाङ्ग महासंघका सावित्रा घिमिरे, राष्ट्रिय मानव अधिकार आयोगका इन्द्रजित साहनी लगायतले महिला अधिकार र सशक्तिकरणका विषयमा आआफ्ना धारणा राख्नुभएको थियो ।

≪ Previous Post

रुपन्देही सुपरलिग : लुम्बिनी खुकुरी सेमिफाइनलमा

Next Post ≫

रुपन्देही सुपरलिग : वेष्टर्न सेमिफाइनलमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क